Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

डोटीमा ७४ वर्षीया वृद्धा बलात्कृत

डोटीमा ७४ वर्षीया वृद्धा बलात्कृत

सतीश चापागाईं

१६, आश्विन २०७५
images
    कर्ण चन्द डोटी । डोटीमा एक वृद्धा बलात्कृत भएकी छिन् । सोमबार बडीकेदार गाउँपालिका–३ की ७४ वर्षीया वृद्धा बलात्कृत भएकी हुन् । छिमेकी गाउँ जाने क्रममा जंगलको बीचमा बलात्कार गरिएको पीडितले बताएकी छिन् । बाटोमा एक्लै हिँडिरहेका वेला पछाडिबाट आएका बोगटान गाउँपालिका–१ सिमचौर पान्सा घर भएका गणेश भनिने एकेन्द्र धामीले वृद्धालाई बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।   पीडित महिला चिच्याएको आवाज सुनेपछि घटनास्थलतर्फ गएका स्थानीयवासीले एकेन्द्रलाई नियन्त्रणमा लिई प्रहरीको जिम्मा लगाएका थिए । धामी अहिले प्रहरी नियन्त्रणमा छन् । उनीविरुद्ध जबर्जस्तीकरणी मुद्दा चलाइने जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक धु्रव विष्टले जानकारी दिए । श्रीमतीलाई माइती पु-याएर फर्कंदै गरेका धामीले वृद्धालाई बलात्कार गरेका हुन् । ‘त्यो मान्छे पछाडिबाट आउँदै थियो, मेरो घाँटीमा समातेर दिन्छौ भनेर जबर्जस्ती ग-यो,’ वृद्धाले भनिन् ।   तीन महिनामा पाँच बलात्कारका घटना डोटीमा तीन महिनामा पाँच बलात्कारका घटना भएका छन् । १७ साउनमा २२ वर्षीया एक महिलालाई घरमै गई बलात्कार गर्न खोजेको आरोपमा आदर्श गाउँपालिका–२ का ३० वर्षीय धौले लुहारविरुद्ध प्रहरी कार्यालयमा मुद्दा दर्ता भएको छ ।   शिखर नगरपालिकाकी १६ वर्षीया बालिकामाथि जबर्जस्तीकरणी गरेको आरोपमा शिखर नगरपालिका–६ मा बस्दै आएका शिवराज लुहारलाई प्रहरीले पक्राउ गरेको छ । यस्तै, पूर्वीचौकी गाउँपालिकाकी २१ वर्षीया अपांगता महिलालाई जबर्जस्ती करणी गरेको आरोपमा ३५ वर्षीय शिव लुहारविरुद्ध मुद्दा दर्ता भएको छ । शिखर नगरपालिकाकी १७ वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा एक युवकलाई प्रहरीले गिरफ्तार गरेको छ ।   एउटा घटना जेठमा भए पनि उजुरी भने असोजमा मात्रै परेको प्रहरी निरीक्षक विष्टले जानकारी दिए । ‘एक वर्षसम्म हदम्याद राखिएको छ, त्यसकारण ढिलो गरी भए पनि मुद्दा लिएर आउँछन्,’ निरीक्षक विष्टले भने, ‘विगतका वर्षको तुलनामा यस वर्ष जबर्जस्ती करणीसम्बन्धी घटना बढी नै आइरहेका छन् ।’ आजको नयाँपत्रिकामा यो समाचार छ । स्केच: नयाँपत्रिका  

images
प्रकाशित मिति :आश्विन १६, २०७५ मंगलवार - २०:३३:३१ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend