Logo

सोमवार, श्रावण २५ गते २०८३   |   2026 August 10

images

images

मीरा राईलाई बाल्टिमोरमा भब्य स्वागत

मीरा राईलाई बाल्टिमोरमा भब्य स्वागत

सतीश चापागाईं

२८, आश्विन २०७५
images
  नेपाल कि गौरवशाली छोरी मीरा राईलाई बाल्टिमोरवासीहरुको तर्फबाट भब्य स्वागत गरियो ।   एभरेष्ट वर्ल्ड क्लास तेक्वान्दोका कल्पना कार्की र मास्टर कुमार कार्कीको सक्रियतामा यो विशेष भेटघाट तथा शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरिएको थियो।   कार्यक्रममा उपस्थित बाल्टिमोरका विभिन्न सक्रिय संघसंस्थाका प्रतिनिधिहरु, समाजसेवीहरु तथा सर्वसाधारणहरुले अन्तर्राष्ट्रिय अल्ट्रा म्याराथन बिजेता मिरा राईसँग सक्षातकार गर्दै उहाँको संघर्ष र उहाँले प्राप्त गरेका सफलताहरुको मुक्तकण्ठले प्रंशसा गरेका थिए भने आउने भबिश्यका हरेक पाईलाहरुमा सफलता मिलोस् भनी कामना गरेका थिए। कार्यक्रममा मिरा राई सम्बन्धि एक भिडियो वृतचित्र पनि देखाईएको थियो। मीरा राई जनयुद्द लडेकी एक लडाका हुन् । देश शान्ति प्रक्रियामा प्रवेश गरेको बेला भएको अनमिनको प्रमाणीकरणमा उनि अयोग्य ठहरिएकी थिइन् ।पछि उनि अन्तराष्ट्रिय स्तरको दौडमा सहभागी भएकी थिइन् । उनि सहभागी मात्र भईनन् धेरै पदक नै प्राप्त गर्न सफल भईन । उनले माउन्ट ब्लांक अल्ट्रा म्याराथन, २०१५ फ्रान्स (एकल), स्काई रनिङ एसियन च्याम्पियनसिप, २०१५ हङकङ (एकल), बेन नेभिस अल्ट्रा दौड, २०१७ बेलायत (एकल) जस्ता चुनौतीपुर्ण खेलमा जित हासिल पार्दै आज बिश्व सामु आफु पुर्ण सक्षम र योग्य रहेको प्रमाणित गरेर देखेकी छिन । "नेसनल ज्योग्राफिक महिला वर्ष खेलाडी"२०१६ र हालै "एशियन गेम चेञ्जर अवार्ड" २०१८ जस्ता अन्तर्राष्ट्रिय सम्मानहरुले सम्मानित नेपाल कि गौरवशाली छोरी, मिरा राईको सम्मानमा सहभागी हुन पाएकोमा बाल्टिमोरबासी खुशी देखिन्थे ।

images
प्रकाशित मिति :आश्विन २८, २०७५ आइतवार - १२:५४:४२ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend