Logo

बुधवार, आश्विन १४ गते २०८३   |   2026 September 30

images

images

स्‍मृतिमा दशैं - सुनिल पौडेल

स्‍मृतिमा दशैं - सुनिल पौडेल

सतीश चापागाईं

२८, आश्विन २०७५
images
    बिहानीको चिसो सिरेठो संगैका घाम र भुईमा देखिएको शीतका थोपाले बिदेशमा पनि दशैं आएको संकेत गरे जस्तो लाग्यो।   घर अगाडीको गीदरीको रुखमा पिंग हाल्न, गाउँमा बाबियो उठाउन साथीभाइ सँगै हिडेको अझै ताजै छ । बासको सुत्लाको फिरफिरे बनाउदै पोखरी डिलको वल्लो छेउ र पल्लो छेउ गरेको बिर्सनै गार्हो छ ।   दुई बारीको बीचमा पर्ने पोखरी डील तीर जाने बाटोमा कोदाको नल गाठो पार्दै मान्छे लडेको हेर्न कान्ला मुनि लुक्दै बसेको त्यो चंचल पनले ती बाल्यकालका याद दिलायो, जहा म आफ्नै पनमा रमाएको थिए । खेतमा धानका बाला लहलह झुलेका देख्दा संसार कै सुन्दर ठाउँ आफ्नै गाउ हो जस्तो लाग्थ्यो, अध्यन र रोजगारी का लागि देश भित्र र देश बाहिरका साथी भाई दशैं मनाउन घर आउँदा कति रमाइलो हुन्थ्यो त्यो अहिले स्मिर्तिमा मात्रै छन ।   अहिले त न घर अगाडि गिदरीको रुख नै छ् न ति मेरा दामली नै छन न त पोखरी डिल तिर कोदो नै रोप्ने ति बारी सग्ला छन ! छ त केबल सम्झना मात्रै छ, बुबा आमा दाजु भाउजु मान्यजनहरुबाट बिजयादशमीको टिका तथा आशिर्बाद ग्रहण नगरेको पनि बर्शौ भएछ । एउटै कोठामा बस्ने साथीलाई पनि फ़ोन र मेसेजबाट बिजयादशमीको शुभकामना दिनुपर्ने यो ब्यस्तता र बाध्यतामा जिउन बाध्य परदेशीहरुको मर्म परदेशीलाइ मात्रै थाहा होला ।   देश तथा परदेशमा रहनुहुने संपूर्ण नेपाली मनहरुमा बिजयादशमीको हार्दिक मंगलमय शुभकामना ! कुश्मा नगरपालिका ७ खरेहा पर्बत नेपाल हाल मेरील्यान्ड अमेरिका

images
प्रकाशित मिति :आश्विन २८, २०७५ आइतवार - २२:०६:०१ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend