Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

दशैंको दिन हामी हस्पिटलमा थियौं तर ह्याप्पिनेश डबल थियो - किरण पन्त

दशैंको दिन हामी हस्पिटलमा थियौं तर ह्याप्पिनेश डबल थियो - किरण पन्त

सतीश चापागाईं

४, कार्तिक २०७५
images
सतिश चापागाईं यो बर्षको दशैं अमेरिकाको बाल्टिमोरका ब्यबसायी किरण पन्तका लागि सधैभन्दा अलिक फरक भयो । दशैंभन्दा दुई दिन अगाडी दोस्रो छोराको जन्म भएपछी पन्त परिवारमा खुशियाली छायो । १६ महिना अगाडी मात्र जेठो छोराको बाबु बनेका किरण पन्तलाई यो दशैंले डबल खुशी पो ल्यायो । पन्त परिवारले टिका लगाउन पाएन तर सेलिब्रेशन भने रोकिएन ।   किरणले लामो समयदेखि रेष्टुरेन्ट ब्यबसाय गर्दै आएका छन् । र, केहि बर्षदेखि उनले घर जग्गा खरिद बिक्रीको काम गर्दै आएका छन् । ब्यबसायी पन्तले यो बर्ष आफ्नो ब्यबसायमा झन् फलिफाप हुने विश्वास गरेका छन् । यो बर्षको दशैंमा आफु लक्की भएको र अरु बर्षभन्दा अलि बढी उत्साहपूर्णको दशैं भएको उनको भनाई छ ।   उनि भन्छन,"दशैंको दिन हस्पिटलमा थिएँ । श्रीमती र सानो छोरो संगै थिए । हस्पिटलमा भएपनि मनमा आनन्द थियो । किनकि यो दशैंले मेरो परिवारमा खुशियाली ल्याएको थियो ।" किरणका अनुसार नेपालमा पनि दशैं रोकियो यही कारणले ।   हस्पिटलमा खानापिनाको रमझम नभएपनि फोन र सामाजिक संजालबाट प्राप्त बधाई र शुभकामनाको वर्षा भईरहेको थियो ।   "दशैंको दिन हामी हस्पिटलमा थियौं तर ह्याप्पिनेश डबल थियो ।" किरणले नेप्लिज डायस्पोरासंग भने ।  

images
प्रकाशित मिति :कार्तिक ४, २०७५ आइतवार - १८:३८:३२ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend