Logo

बुधवार, आश्विन १४ गते २०८३   |   2026 September 30

images

images

आविष्कार केन्द्रलाई जापानमा उठेको रकम महाबिर पुनलाई हस्तान्तरण

आविष्कार केन्द्रलाई जापानमा उठेको रकम महाबिर पुनलाई हस्तान्तरण

सतीश चापागाईं

५, कार्तिक २०७५
images
बिश्वबन्धु भण्डारी जापान जापानमा क्रियाशील नेपाली साझा समाज जापानले राष्ट्रीय आविष्कार केन्द्र नेपालमा जापानमा संकलित सहयोग रक़म हन्तान्तरण गरेको छ ।   राष्ट्रीय आविष्कार केन्द्रका अध्यक्ष डा महावीर पुन गत मे महिनामा जापान भ्रमणमा आउनु भएको बेला मे २६ का दिन ओतामा रहेको थकाली किचनमा गरिएको पुन सगँ अन्तरक्रियाका क्रममा सहयोग गर्ने प्रतिबद्धता गरिएको थिए त्यहि प्रतिबद्धता अनुरूप बिभीन्न व्यक्तिहरुसगँ रक़म संकलन सहित तिजपर्वको अवसरमा आयोजित हरितालिका तिज महोत्सववाट उठेको रक़म समाजका पुर्व महासचिव गोपाल पोख्रेलले नेपालमा आविष्कार केन्द्रका अध्यक्ष महाबिर पुन लाई हस्तान्तरण गर्नुभएको छ ।   यहि अक्टोवर १४ तारिखमा जापनिज येन १ लाख ४४ हज़ार ४ सय पन्चानव्वे(नेपाली रु १५००००)को चेक हस्तान्तरण गरिएको समाजका अध्यक्ष बुद्दी शेरचनले जानकारी दिनुभएको छ ।   विदेशमा उच्च ज्ञान हासिल गर्नु भई विदेशको आकर्षक जागिर सुख सयल सबैलाई लत्याएर विदेशमा आर्जेको ज्ञानलाई देश विकाशमा उपयोग गरौ भनी देश फर्केर पनि आबिष्कार केन्द्र स्थापनाका लागी निरन्तर लागिरहनुभएका प्रशिद्द म्यागासेस पुरष्कार बिजेता हाल राष्ट्रिय आबिष्कार केन्द्रका अध्यक्ष डा.महाबिर पुनलाई केहि रक़म भएपनि सहयोग गरि उहाँको यो सत्कार्यमा हाम्रो संस्थापनि सहभागी हुन पाउदा साह्रै खुशी लागेको भन्दै जापानमा रहनुहुने सहयोगी दाताहरु सबैमा समाजका अध्यक्ष शेरचनले धेरै धेरै धन्यवाद व्यक्त गर्नुभएको छ ।

images
प्रकाशित मिति :कार्तिक ५, २०७५ सोमवार - १०:१७:१३ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend