Logo

सोमवार, मंसिर १ गते २०८३   |   2026 November 16

images

images

गायक बुद्धिसागर बस्यालको नयाँ गीत “परेलिले” बजारमा

गायक बुद्धिसागर बस्यालको नयाँ गीत “परेलिले” बजारमा

सतीश चापागाईं

११, कार्तिक २०७५
images
बाल्टिमोर अमेरिका चर्चित लोकदोहोरी गायक बुद्धिसागर बस्यालको नयाँ गीत “परेलिले” को अडियो लिरिकल भिडियो युट्युब मार्फत बजारमा आएको छ । लोकदोहोरी गीतबाट आफ्नो छुट्टै पहिचान बनाउदै सबै श्रोता, दर्शकको मनमा बस्न सफल गायक बस्यालले दर्शक, श्रोतालाई यो पटक भने अलि फरक स्वाद पस्किन खोजेका छन् । नेपाली साहित्य बिधाको एक शशक्त विधा गजललाई संगीतमा भरेर बजारमा ल्याएका छन् । परेलिले बात गर्ने कस्तो तिम्रो बानि रहेछ, प्यास लाग्यो आउँकि नआऊँ तिम्रो घरमा पानी रहेछ सृंगारिक रसमा रहेको यो गीतले धेरैको मन जित्ने गायक बश्यल्ले नेप्लिज डायस्पोरासंग भने । गायक बश्याल धेरै बर्षदेखि क्यानडामा छन् । क्यानडामा नै रहेका रमेश थापाको शब्द गजलमा निकै चर्चित संगीतकार महेश खड्का संगीतमा रहेको उक्त गीतको म्युजिक भिडियो छायांकन हुने तयारी रहेको गायक बस्यालले बताए । गायक बुद्धिसागर बस्यालको बुढेसकालकालैमा, डाँफे नाचेर , बाजेका पालामा गीतहरु निकै नै चर्चामा रहेका थिए ।हाल क्यानाडाको टोरन्टोमा बस्दै आएका गायक बस्याल कलाकार संगै एक कुशल संचारकर्मीका रुपमा पनि चिनिन्छन् । गायक बस्याल नेपाल टिभी क्यानाडाका संचालक साथै प्रोड्युसर पनि हुन् । https://youtu.be/SjpeikeDjRo  

images
प्रकाशित मिति :कार्तिक ११, २०७५ आइतवार - १८:१०:३० बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend