Logo

सोमवार, मंसिर १ गते २०८३   |   2026 November 16

images

images

अमेरिकामा ह्यारी भण्डारी विजयी, नेप्लिज डायस्पोरामा नयाँ आयाम

अमेरिकामा ह्यारी भण्डारी विजयी, नेप्लिज डायस्पोरामा नयाँ आयाम

सतीश चापागाईं

२०, कार्तिक २०७५
images
लामो प्रतिक्षाको घडी सकिएको छ । अमेरिकाको बाल्टिमोरमा नेपाली मुलका उमेद्वार ह्यारी भण्डारीले डिष्ट्रिक ८ बाट स्टेट डेलिगेटमा चुनाब जितेका छन् । यो समाचार तयार गर्दैगर्दा चुनाबको नतिजा कुर्न भेला गरिएको स्थानीय माउन्ट एभरेष्ट रेष्टुरेन्टमा झन्डै पांच सय बढी नेपाली देखिएका छन् भने खुशीको माहौलको बर्णन गर्न असम्भव नै छ । उनको विजयले उनका अमेरिकी भोटर र यहाँका नेपालीहरु मात्र होइन विश्वभर छरिएर रहेका नेपालीहरुमा खुशी संचार भएको छ । अमेरिकी राजनीतिमा नेपाली मुलको राजनीतिज्ञ चुनाव जितेर यो पदमा पुगेको पहिलो पटक हो । ह्यारी भण्डारीले कुल ८० हज़ार मत मध्ये २० हजार ९ सय ७७ मत ल्याएर विजय प्राप्त गरेका हुन् । उनी दोस्रो स्थानमा परेका छन ।। आजको दिनमा मात्र झन्डै २ सय नेपालीले स्वयंसेवक भएर खटिएका थिए । अमेरिकामा हरेक दुई वर्षको नोभेम्बर ६ निर्वाचनको दिन हो । दुई बर्ष पहिले २०१६ नोभेम्बर ६ मा राष्ट्रपति निर्वाचन भएको थियो । अहिले केन्द्रीय प्रतिनिधि सभाको ४३५ सिट, केन्द्रीय सीनेटको एक सय मध्ये ३३ सिट, ३६ गभर्नर तथा राज्य सिनेट र राज्य डेलिगेटस ( विधायक सभा ) का साथै स्थानीय तहको निर्वाचन भएको हो । त्यसै मध्ये ह्यारीले बाल्टिमोर काउन्टीको डिष्ट्रिक ८ बाट राज्य डेलिगेटस ( विधायक सभा ) मा जीत हासिल गरेका हुन् । मेरिल्याण्ड राज्य डेलिगेटस सभामा ४७ डिष्ट्रिकबाट एक सय ४१ जना सदस्य रहन्छन् । भण्डारी उम्मेदवार रहेको डिष्ट्रिक नम्बर आठबाट तीन जना निर्वाचित हुन्छन् । जनसंख्याको अाधारमा डिष्ट्रिकबाट निर्वाचित हुने सिट संख्या फरक हुन्छ । डिष्ट्रिक अाठमा तीन सिटमा ६ जना उम्मेदवार थिए ।३ जना डेमोक्र्याट र ३ जना रिपब्लिकन । ह्यारीको नेपाली नाम हिरा बहादुर भण्डारी हो । उनि ४१ बर्ष अगाडी नेपालको पर्वत जिल्लामा जन्मिएका थिए । अमेरिका आएसँगै एच बी भण्डारी हुँदै अहिले ह्रयारी भण्डारी नामले चर्चित छन् । केहि महिना अगाडीको प्रारम्भिक चरणको निर्वाचनमा ह्यारी डेमोक्र्याटबाट यो प्रतिस्पर्धाका लागि चुनिएका थिए । उनको पार्टीबाट ३ जना उमेद्यार चाहिने मा ४ जना ईच्छुक भएकोले पार्टीभित्र नै चुनाव भएको थियो । अमेरिकी निर्वाचनमा विपक्षी पार्टीको उम्मेदवारसँग प्रतिस्पर्धा गर्नु अगाडी आफ्नै पार्टी भित्र हुने चुनाव जित्नुपर्ने प्रावधान छ, जसलाई प्रारम्भिक चरणको निर्वाचन भनिन्छ । सो चरणमा भण्डारी चार उम्मेदवार मध्ये दोस्रो भएका थिए । ठिक चार बर्ष अगाडी पनि भण्डारी यो यात्रामा होमिएका थिए । तर, प्रारम्भिक चरण मै आफ्नै साथीहरुबाट पराजित भएका थिए । यस्तै उनी डेमोक्रेटिक पार्टीको मेरिल्याण्ड राज्यको निर्वाचित केन्द्रीय सदस्यमा पनि हुन । लामो चुनावी रसाकस्सीले थाकेका भण्डारी र भण्डारीको चुनाबी टिम नतिजापछी अहिले विजयोत्सव (भिक्ट्री पार्टी) मा रमाईरहेको छ । यो विजयले नेप्लिज डायस्पोरामा नयाँ आयाम थपिएको ह्यारी भण्डारीको चुनावलाई नजिकबाट हेरेका पत्रकार नारायण श्रेष्ठले बताए । "अमेरिका अवसरको देश हो र सम्भावनाको देश हो । यो चुनावको नतिजाले यहि कुरा प्रमाणित गरेको छ ।" भण्डारीले चुनाव जित्ने बित्तिकै नेप्लिज डायस्पोरासंग प्रतिक्रिया दिदै भने ।

images
प्रकाशित मिति :कार्तिक २०, २०७५ मंगलवार - २३:३०:५६ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend