Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

अमेरिकामा रहेकी पाँच बर्षिय सेलिब्रेटी सृष्टिको भाइटिका

अमेरिकामा रहेकी पाँच बर्षिय सेलिब्रेटी सृष्टिको भाइटिका

सतीश चापागाईं

२५, कार्तिक २०७५
images
सामाजिक संजालहरूमा निकै नै लोक प्रिय विभिन्न नेपाली म्यूजिक भिडियोहरूमा बाल कलाकारको अभिनय गरेकी सेलिब्रेटी सृष्टिले आफ्नो दाजु सन्जयलाई भर्जिनियाको फेडरिक्सवर्गको घरबाट मेरिल्यान्डको मूल घरमा गई भाइटीका लगाइदिएकी छिन् । २०१८ नोबेम्बर ९ का दिन संयुक्त राज्य अमेरिकाको मेरिल्यान्ड राज्यको इलिकोट सिटि स्थित मूल घरमा धुमधामका साथ टीकाको शुभ साइत स्थानिय समय अनुसार ११ बजेर ५२ मिनेटमा नै भाइटीका लगाइ दिएको पारिवारिक श्रोतले बताएको छ । पछिल्लो समय भाईरल भई रहेकी पाँच वर्षिय बालिका सृष्टि सामाजिक संजालहरूमा निकै नै लोक प्रिय भई रहेकी छिन् । बिदेशी परिवेशमा हुर्किएकी सृष्टि नेपाली भाषा संस्कृतिलाई असाध्यै माया गर्दछिन् । नेपाली र अंग्रेजी मिश्रित रुपमा बोल्ने उनी पछिल्ल्लो समय सामाजिक संजाल फेसबुक लाईभबाट भाईरल भएकी हुन् । सामाजिक सञ्जाल फेसबुकमा उनीको लाखौं फलोअर रहेका छन् भने युटुबमा समेत उनका भिडियोहरु मन पराईएको छन् । भिडियो तलको लिंकमा हेर्नुहोस् (सृष्टिको भाई टिका)   https://youtu.be/ca8h3Im7rac

images
प्रकाशित मिति :कार्तिक २५, २०७५ आइतवार - १७:११:१२ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend