Logo

सोमवार, मंसिर १ गते २०८३   |   2026 November 16

images

images

मगर सँघ अमेरिकाको डि.सी. शाखामा नयाँ कार्यसमिती

मगर सँघ अमेरिकाको डि.सी. शाखामा नयाँ कार्यसमिती

सतीश चापागाईं

२९, कार्तिक २०७५
images
गत शनिबार २०१८ नोभेम्वर १० तारिकको दिन मगर सँघ अमेरिकाको ग्रेटर वाशिँटन डि.सी. शाखाले मेरील्याण्ड राज्यको बाल्टिमोर शहरमा दशै तिहार कार्यक्रमको भव्य आयोजना गरेको छ । उक्त दशै तिहार कार्यक्रममा शाखाले नयाँ कार्य समितीको चयन गर्नुका साथै देउसी भैलो खेलेर भरपुर मात्रामा मनोरञ्जन पनि गरेको थियो । कार्यक्रममा प्रवेश, खानपिन तथा पेय पदार्थहरु सबै नि:शुल्क गरिएको थियो । देउसी भैलो कार्यक्रममा यहाँका मगर दाजु-भाइ तथा दिदि-बैनीहरुले दिल फुकाएर देउसी- भैलोलाइ दान गर्नु भएको थियो । शेर थापा तथा वहाँ कि जिवन सँगिनी डोलमाया गुरुँग ज्युले मिठा मिठा गित गाउनुका साथै रमाइलो तरिकाले देउसी-भैलो भत्याउनु भएको थियो । यस दशै तिहार कार्यक्रमका प्रमुख सँयोजक तथा भुतपुर्व मगर सँघ अमेरिकाका अधक्ष्य क्या. श्री दल बहादुर रोका ज्यु ले देउसी-भैलो कार्यक्रमबाट राम्रै रकम जम्मा भएको सबैलाइ जानकारी दिनु भएको थियो । साथै तिहारमा खेलिने एक प्रमुख खेल लँगुर बुर्जा केहि छिनको रमाइलोको लागी खेलाइएको थियो । उक्त कार्यक्रमबाट श्री ललित तिलीजा मगरज्युको अधक्ष्यतामा १३ सदस्यीय नयाँ कार्य समितीको चयन गरिएको जानकारी मगर सँघ अमेरिकाका चुनाव अधिकृत श्री डा. गँगा पुर्जा ज्युले उदघोष गर्नु भएको थियो । जसको वरिष्ठ उपाधक्ष्यमा शेर सारु मगर हुनुहुन्छ भने उपाधक्ष्य, सचिव, उप सचिव, कोषाधक्ष्य तथा उप-कोषाधक्ष्यमा क्रमश: शितल पुन, दिपा पुन तिलिजा, ओमकार घर्ति मगर, राम थापा र अमृत राना मगर हुनुहुन्छ । त्यसैगरी, यस शाखाको जिन्सी ब्यवस्थापकमा डोल आले मगर, खेलकुद सँयोजकमा राज कुमार पुन र साँस्कृतिक सँयोजकमा निलम कुमार थापालाइ चयन गरेको छ । यसैगरी सदस्यहरुमा शेर थापा मगर, रबिन पुन मगर र विष्णु राना मगर रहनु भएको छ । अन्तमा यस नयाँ कार्य समितीको पदाधीकारीज्युहरुलाइ कार्यकाल सफलताको कामना गर्दै यस कार्यक्रमका सँयोजक क्या. दल रोका ज्युले खादा लगाएर सम्मान गर्नु भएको थियो । यस कार्यक्रमको लागी भान्छामा खटिनु हुने पुर्ण गर्बुजा, चेत राना, ओमकार घर्ती र गणेश थापालाइ स्वादिष्ट खाना तयार पार्नु भएकोमा धेरै धेरै धन्यबाद दिनु भएको थियो भने घर घरबाट सेलरोटी, अचार तथा चिकेन चिली लिएर आउनुहुने सम्पुर्ण चेलीबेटीहरुलाइ पनि हार्दिक धन्यबाद दिनु भएको थियो भने कार्यक्रमको लागी बिभिन्न सामानहरुको प्रायोजन गर्नुहुने सम्पुर्ण धनि मनहरुमा हार्दिक कृतज्ञता प्रकट गर्नु भएको थियो । साथै कार्यक्रमको शुरुमा निवर्तमान सचिव शितल पुनले दशै-तिहारको शुभ-कामना दिदै उक्त दिनको अौपचारिक कार्यक्रम शुरु भएको घोषणा गर्नु भएकी थिइन भने नयाँ कार्यसमितीको पदस्थापन पछि कोषाधक्ष्य राम थापा मगरले शाखाको आय-ब्यय प्रस्तुत गर्नु भएको थियो ।

images
प्रकाशित मिति :कार्तिक २९, २०७५ बिहिवार - १८:१०:१७ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend