Logo

बुधवार, आश्विन १४ गते २०८३   |   2026 September 30

images

images

गैरकानुनी रुपमा सिमा पार गर्नेलाई शरण नदिने ट्रम्पको आदेशबिरुद्ध अदालतमा मुद्दा

गैरकानुनी रुपमा सिमा पार गर्नेलाई शरण नदिने ट्रम्पको आदेशबिरुद्ध अदालतमा मुद्दा

सतीश चापागाईं

१, मंसिर २०७५
images
  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सिमाक्षेत्रबाट गैरकानुनीरुपमा अमेरिका छिर्ने आप्रवासीहरुलाई एसाइलम गर्ने अधिकारबाट वञ्चित गर्ने कार्यकारी आदेश जारी गरे लगत्तै उक्त आदेशबिरुद्ध अदालतमा मुद्दा दायर गरिएको छ । द अमेरिकन सिभिल लिबर्टी युनियन र अन्य कानुनी समुहहरुले ट्रम्पको आदेशबिरुद्ध उत्तरी क्यालिफोर्नियाको अदालतमा मुद्दा दायर गरेका हुन् । अदालतमा दायर गरिएको मुद्दामा ट्रम्पको कार्यकारी आदेश कार्यान्वयनमा रोक लगाउन माग गरिएको छ । ट्रम्पको कार्यकारी आदेश अमेरिकी संसदबाट तय गरिएको एसाइलमको नियमविपरित रहेको अधिकारकर्मीहरुको दावी छ । अमेरिकामा हरेक बर्ष ७० हजार भन्दा धेरै कागजपत्रविहिन आप्रवासीहरुले गैरकानुनी रुपमा सिमा पार गरेर एसाइलमका लागि आवेदन दिदै आएका छन् । कार्यकारी आदेशमा हस्ताक्षर पछि राष्ट्रपति ट्रम्पले अमेरिकामा आप्रवासीहरु चाहिएको तर उनीहरु कानुनी रुपमा आउनुपर्ने बताएका छन् । ट्रम्पको कार्यकारी आदेश शनिबारबाट लागु भएको छ । यो आदेश कम्तीमा तीनमहिनासम्म लागु हुनेछ भने पछि थप्न पनि सकिनेछ । यसअर्थमा कम्तीमा अबको ३ महिनाको अवधिमा गैरकानुनी रुपमा अमेरिका छिर्नेले अमेरिकामा एसाइलम आवेदन दिन पाउनेछैनन् । तर पहिले नै अमेरिका छिरिसकेकाहरुका हकमा भने यो नियम लागु हुनेछैन । अमेरिकी सिमा सुरक्षा गस्तीले अक्टोबरमा मात्र सिमाक्षेत्रबाट गैरकानुनी रुपमा अमेरिका प्रवेश गर्न खोज्ने ५० हजार लाई नियन्त्रणमा लिएको जनाएको छ । पोर्ट अफ इन्ट्रीमा आएर एसाइलम दावी गर्न सकिने बताइएपनि त्यहाँ भएको अत्यन्तै लामो लाइनका कारण अधिकारीहरुले पछि आउन भन्दै आप्रवासीहरुलाई फर्काउने गरेका छन् । तस्वीरमा : सान डिएगोको पोर्ट अफ इन्ट्रीमा एसाइलमका लागि आवेदन दिन नोभेम्बर ९ मा लाइन उभिएका आप्रवासीहरु । तस्बिर र समाचार खसोखास डटकम

images
प्रकाशित मिति :मंसिर १, २०७५ शनिवार - २१:४७:३६ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend