Logo

बुधवार, आश्विन १४ गते २०८३   |   2026 September 30

images

images

भर्जिनियामा हत्या गरिएका रेशमको लागि ८२ हजार डलर संकलन

भर्जिनियामा हत्या गरिएका रेशमको लागि ८२ हजार डलर संकलन

सतीश चापागाईं

३२, आषाढ २०७५
images
३० असार २०७५, अमेरिकी स्वतन्त्रता दिवस अर्थात् जुलाई ४ का दिन ग्यास स्टेसनमा काम गरिरहेका बेला लुटेराको समूहबाट हत्या गरिएका रेशम बजगाईंको परिवारको सहयोगका लागि ८२ हजार डलर संकलन भएको छ। गैर आवासीय नेपाली संघ, भर्जिनियाको अग्रसरतामा ‘गोफन्डमी डटकम’ मार्फत् उक्त रकम संकलन भएको हो। संघले ५० हजार संकलनको लक्ष राखेको थियो। नौ दिनमा लक्षितभन्दा ३२ हजार डलर बढी उठिसकेको छ। सहयोग गर्न सकिने म्याद अझै दुई दिन बाँकी रहेकाले रकम अझै बढ्ने अनुमान गरिएको छ। हालसम्म सहयोग गर्ने जम्मा १५५३ मध्ये चालीस प्रतिशत गैर–नेपाली रहेका छन्। एनआरएन भर्जिनियाका अध्यक्ष गोविन्द सुवेदीका अनुसार उक्त रकम स्वर्गीय बजगाईको परिवारलाई हस्तान्तरण गरिने छ। एनआरएन, अमेरिकाका अध्यक्ष केशव पौडेलले भर्जिनिया च्याप्टरले गरेको उक्त कामको प्रशंसा गर्दै सहयोग गर्ने सबैलाई धन्यवाद दिए।

images
प्रकाशित मिति :आषाढ ३२, २०७५ सोमवार - १५:०५:११ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend