Logo

सोमवार, मंसिर १ गते २०८३   |   2026 November 16

images

images

मलेसियामा एक नेपालीको शव भेटियो

मलेसियामा एक नेपालीको शव भेटियो

सतीश चापागाईं

५, मंसिर २०७५
images
काठमाडौं – मलेसियामा एक नेपालीको शव भेटिएको छ । मलेसियाको जलानमा ट्राफिक लाइट नजिकैको झाडीमा सुरक्षा गार्डको पोशाकमा एक नेपालीको शव भेटिएको मलेसियाको प्रहरीले जनाएको छ । ‘उनको नाकबाट रगत बगेको र देब्रे हातको चोरी औंलामा पनि चोट लागेको अवस्थामा भेट्यौं, उनले सुरक्षा गार्डको पोशाक लगाएका थिए,’ प्रहरीको भनाईलाई उद्धृत गर्दै मलेसियाको अनलाइन ‘द स्टार’ले लेखेको छ । मृतक नेपाली भएको प्रहरीले बताए पनि उनको परिचय भने समाचारमा उल्लेख गरिएको छैन । कसैले हत्या गरेको हो वा उनको अरु नै कारणले मृत्यु भएको भन्नेबारे नखुलेको प्रहरीले जनाएको छ ।

images
प्रकाशित मिति :मंसिर ५, २०७५ बुधवार - १८:३५:३८ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend