Logo

सोमवार, मंसिर १ गते २०८३   |   2026 November 16

images

images

निर्मलाको पक्षमा साईप्रसका नेपाली महिलाले आवाज उठाए

निर्मलाको पक्षमा साईप्रसका नेपाली महिलाले आवाज उठाए

सतीश चापागाईं

१०, मंसिर २०७५
images
साईप्रस । कञ्चनपुरमा केही महिना अघि सामुहिक बलात्कार पछि हत्या गरिएकी निर्मला पन्तको सम्झनामा साईप्रसमा बस्ने नेपालीहरुले शोक सभा र दीप प्रज्वलन गरेका छन् । आईतबार साईप्रसमा रहेका विभिन्न संघसंस्थाको सामूहिक उपस्थितीमा निर्मलाको हत्यामा संलग्नलाई पक्राउ गरी कारबाहीको माग पनि उनीहरुले गरेका छन् । उक्त शोक सभामा बोल्ने वक्ताले निर्मलाको परिवारलाई न्याय दिन र देशमा अब कसैले पनि निर्मलाले बिना कारण निर्मम तरिकाले मर्न नपर्ने व्यवस्था गराउन पनि नेपाल सरकारसँग माग गरेको छ । उनीहरुले सो दिनलार्इ कालो दिनको सम्झनामा आफूहरुले शोक सभा गरेको नेपाली जनसम्पर्क समिति साईप्रसकी सभापति सीता अर्यालले जानकारी दिईन् । नेपाली जनसम्पर्क समिति साईप्रसको सक्रियतामा नेपाली झण्डा सहित नेपालीहरुको उपस्थिती रहेको शोकसभामा समितिको तर्फबाट प्रतिनिधित्व अध्यक्ष अर्यालको रहेको थियो । त्यस्तै, एनआरएनएको तर्फबाट शान्ति राई, संघीय समाज फोरमको तर्फबाट तारा लिम्बू , राई समाजको तर्फबाट संगम राईले संस्थागत प्रतिनिधित्व गरेका थिए । समाज सेवीको रुपमा कार्यक्रममा जया नेपालले प्रतिनिधित्व गरेकी थिइन् । कार्यक्रममा सन्ध्या गिरीले महिला हिंशा सम्बन्धी कविता वाचन गरेकी थिइन् ।

images
प्रकाशित मिति :मंसिर १०, २०७५ सोमवार - २२:०४:३० बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend