Logo

सोमवार, मंसिर १ गते २०८३   |   2026 November 16

images

images

जापानमा दिवंगत यदुप्रसाद भट्टप्रति श्रद्धान्जली सभा सम्पन्न, शव नेपाल लैजाने तयारी

जापानमा दिवंगत यदुप्रसाद भट्टप्रति श्रद्धान्जली सभा सम्पन्न, शव नेपाल लैजाने तयारी

सतीश चापागाईं

११, मंसिर २०७५
images
  जापानमा दिवंगत हुनुभएका गैरआवासीय नेपाली संघ एनआरएनए अन्तराष्ट्रिय समन्वय परिषदका अध्यक्ष भवन भट्टका वुवाप्रति श्रद्धान्जली अर्पण गरिएको छ। गत आईतबार टोकियोमा दिवंगत हुनु भएका स्वर्गिय भट्टको पार्थिव शरिरमा जापानवासी नेपालीहरुका तर्फबाट एक समारोहकाबीच मंगलबार साँझ श्रद्धान्जली पुष्पगुच्छा अर्पण गरिएको हो। जापानवासी नेपालीहरुको बाक्लो सहभागिता रहेको समारोहमा जापानका लागि नेपाली राजदूत प्रतिभा राणा, राजदूतावासका उपनियोग प्रमुख कृष्णचन्द्र अर्याल, दितिय सचिव टोपनारायण गिरी, तृतिय सचिव प्रेमप्रसाद बराल, एनआरएनए आईसीसी युवा संयोजक सुदन थापा, एनआरएनए प्रवक्ता भूषण घिमिरे, एनआरएनए जापानका अध्यक्ष टासी वाङदी लामा, नेपाल पत्रकारमहासंघ जापानका अध्यक्ष मोहन घले, एनआरएनएका पूर्वप्रवक्ता कुमार बस्नेत, एनआरएनए जापानका संस्थापक अध्यक्ष राजन प्रधानाङग, एनआरएनए जापानका पूर्वअध्यक्ष तथा आईसीसी सदस्यहरु, जापानका विभिन्न संघसंस्था तथा पार्टीका भातृसंगठनका अध्यक्ष तथा पदाधिकारीहरुको बाक्लो सहभागिता रहेको थियो। दिवंगत भट्टको पार्थिव शरिरलाई भोली नेपाल लैजाने तयारी गरिएको परिवार स्रोतले जनाएको छ।

images
प्रकाशित मिति :मंसिर ११, २०७५ मंगलवार - ०७:२८:४० बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend