Logo

सोमवार, मंसिर १ गते २०८३   |   2026 November 16

images

images

रामप्रसाद खनाल नेपालमा नयाँ टेलिभिजनको तयारी गर्दै

रामप्रसाद खनाल नेपालमा नयाँ टेलिभिजनको तयारी गर्दै

सतीश चापागाईं

१३, मंसिर २०७५
images
काठमाडाैं । अन्तर्राष्ट्रिय कलाकार मञ्च, अमेरिकाका अध्यक्ष, वरिष्ठ लोक दोहोरी गायक, कलाकार तथा पत्रकार रामप्रसाद खनाल गत वर्ष जस्तै यो वर्ष पनि कर्म थलाेबाट जन्म थलाे नेपाल अाए र यहाँ उनले दसैँ तिहार मात्र मनाएनन् चार हप्ताका बिचमा चमत्कार जस्तै हुन धेरै महत्त्वपूर्ण कामहरू समेत गरेर कर्म थलाे अमेरीकाम फर्के। यस पटक मात्र चार वटा सदाबहार गीत गाएका खनालले आफ्ना गीति एल्बमहरुको सङ्ख्या यस पटक बढाएर ४७ मा पुर्‍याए । उनले आफ्ना सदाबहार गीतहरूको डिभिडी मात्र प्रकाशन गरेनन्, सत्रौँ पुस्तकका रूपमा आफ्नो एउटा अर्को कविता सङ्ग्रह “मुर्दाहरूको बस्ती” पनि प्रकाशित गरेर बजारमा पुर्‍याएरै हिँडे जन्मभूमि नेपालबाट कर्मभूमि अमेरिका तिर । नेपालमा चार हप्ताको छोटो समयमा यती धेरै काम गर्न सक्ने खनाललाई देखेर उनका सहकर्मी कलाकारहरू, पत्रकारहरू दङ्ग पर्दछन् र भन्छन् ” वहाँको ऊर्जा र काम गर्ने जाँगर देखेर हामी अचम्म पर्दछौँ, यस्तो मान्छे नेपालमै बस्नु पर्ने हो, नेपालले, नेपाली गीत सङ्गीत र कलाकारिता क्षेत्रले वास्तवमै रामप्रसाद खनाललाई नेपालमा धेरै मिस गरिरहेको छ, गरि रहने छ ।” खनालले यस पटक चार वटा अत्यन्त राम्रा गीतहरू गाए, एलबम पनि तयार गरे । यस पटक उनले गाएको पञ्चेबाजाको गीत ” दुलही रानी कति राम्री हुन” जब रिलिज हुने छ तब नयाँ तहल्का आउने छ पञ्चेबाजाको लोक दोहोरी क्षेत्रमा पनि । उनलाई पञ्चेबाजाको गीतमा स्वरमा साथ दिएकी छिन पछिल्लो पिँढीकी चर्चित गायिका पूर्ण कला बिसी र सङ्गीतमा साथ दिएका छन् चर्चित सङ्गीतकार एवम् गायक थानेस्वर गौतमले । पूर्ण कला फेसबुकमा लेख्छिन् “यो गीत अत्ती राम्रो भएको छ, रामप्रसाद खनाल जस्तो अग्रज गायकसँग मैले गीत गाउन पाउँदा साह्रै खुसी छु, यो अवसरका लागि रामप्रसाद दाजु प्रति म नतमस्तक छु” । खनालले यस पटक हरेक हरेक परिवारका लागि मन मुटु छुने लोक आधुनिक गीत पनि रेकर्ड गरेका छन् । बाबु आमा, दाजुभाइ, दिदी बहिनी देखी श्रीमती र छोराछोरीसम्म सबैलाई छुने गीत, सबैका लागि हुने गीत गाएको उनी बताउँछन् । उनले यस पटक अत्यन्त रमाइलो झ्याउरे गीत ( लोकगीत – च्यान्टी नानी ) पनि रेकर्ड गराएका छन् । त्यसै गरी उनले गीत सङ्गीतको क्षेत्रमा आफूलाई पथ प्रदर्शन गर्ने गुरु नारद गौतमको अनुरोधमा वहाँकै शब्द सङ्गीतमा ” हेर हेर सगरमाथा ” बोलको स्वदेश गान गाएनन् मात्र, एलबम निस्कियो र भिडियो पनि रिलिज भैसकेको छ उनकै बहु प्रतिभाशाली छोरी सुस्मा खनालको निर्माण तथा अभिनयमा । खनालले आफ्ना सदाबहार गीतहरूको सँगालो ” रामप्रसाद खनालका सदाबहार गीतहरू” नामक डिभिडी पनि प्रकाशित गरेर बजारमा ल्याए । सबै गीतहरू अन्तर्राष्ट्रिय कलाकार मञ्च, अमेरिका मार्फत बजारमा ल्याइएको छ भने उनको सत्रौँ पुस्तक कविता कृति ” मुर्दाहरूको बस्ती ” ऐरावती प्रकाशन काठमाडौँ ले प्रकाशन गरी नेपाल भर बजारमा उपलब्ध गराएको छ । दसैँ र तिहार मनाउन बुटवल पुगेका खनाल यस पटक आफ्नो जन्मस्थलाे गुल्मीको गाउँसम्म पनि पुगे, गाउँघरका बुढा पुराना बा आमाहरू उनलाई झम्टेर रोए पनि, उनीहरूसँगै खनाल पनि रोएर फर्के । उनी भन्छन् अब नेपाल आउने जाने मात्र होइन, नेपालमै पनि केही नयाँ प्रोजेक्टहरू अगाडि बढाउँछु, नेपालमा बस्छु । नेपालमा पनि मैले केही गर्नै पर्छ । केही नयाँ कामको सुरुवात गर्ने तयारीमा छु । के नयाँ काम सुरुवात गर्दै हुनुहुन्छ भन्ने प्रश्नको उत्तरमा खनालले भने ” गीत सगीत, कलाकारिता, साहित्य र पत्रकारिताकै क्षेत्रमा मैले केही गर्ने योजना बनाइरहेको छु, त्यस बाहेक एउटा नयाँ, अलग प्रकारको संसारभरि रहेका नेपालीहरूको साझा र वास्तविक सेटेलाइट टेलिभिजन जसको संसार भर प्रसारण पहुँच होस त्यो मेरो ड्रिम छ पहिला देखी ।” गत वर्ष नेपाल जाँदा एघार वटा गीत गाएर, मिडियाहरूमा छाएर फर्किएका खनाल यस वर्ष पनि नेपाललाई रामप्रसाद खनालमय बनाएरै छाडे । यस पटक नेपाल टेलिभिजनको लोकप्रिय कार्यक्रम मेरी बास्सैले खनालकै अभिनयमा सिरियल मात्र बनाएन खनाललाई नै मूल भट्ट बनाएर देउसी भैलो पनि निर्माण एवम् प्रसारण गर्‍यो मिडिया हब मार्फत, जसको खुबै चर्चा परिचर्चा भयो नेपालमा, बाह्र वर्ष पछि पनि रामप्रसाद खनालले आफ्नो मौलिक पन र सन्देश दिए देउसी भैलोमा । उनी एक हाेनाहार साहित्यकार, कालाकार र पत्रकारमात्र हैनन एक सर्जक र रचनाकार पनि हुन । उनकाे माैलिक दाेहाेरी गीतलार्इ नेपाली अाम टेलिभिजनका दर्शकहरूले सम्झीरहेका छन ।

images
प्रकाशित मिति :मंसिर १३, २०७५ बिहिवार - १९:२१:३३ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend