Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

अमेरिकामा निधन भएकी शारदाको अन्त्यष्टि गरियो

अमेरिकामा निधन भएकी शारदाको अन्त्यष्टि गरियो

सतीश चापागाईं

१७, मंसिर २०७५
images
अमेरिकाको मेरिल्याण्डमा आइतबार बिहान निधन भएकी स्व शारदा पोखरेल घिमिरेको अन्तिम श्रद्धान्जलीपछि अन्त्यष्टि गरिएको छ । उनको अन्तिम श्रद्धान्जली मेरिल्याण्ड राज्यको ग्लेन बर्नी स्थित सिंगलटन फ्युनेरल एण्ड क्रिमेसन सर्विसमा गरिएको थियो । डिसेम्बर ३ का दिन अन्तिम उनको पार्थिव शरीरको हिन्दु धर्म संस्कार अनुसार अन्त्येष्टि गरिएको हो । आइतबार बिहान निधन भएकी स्व शारदाको अन्त्येष्टि सोमबार बिहान १० बजे देखि राखिएको थियो । स्व शारदा पोखरेल घिमिरे कि पति हरिनाथ घिमिरे हुन । उनीहरुका अढाई बर्षकि एउटी छोरी छिन। अन्तिम श्रद्धान्जलीमा स्व शारदाका मातापिता ,दिदि ,बहिनि तथा दाजुभाईको उपस्थिति रहेको थियो । मेरिल्याण्डका सम्पूर्ण समुदायका तर्फबाट सामाजिक अगुवाहरुका तर्फबाट महाबाणिज्यदुत प्रेम राजा महत , गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय समिति अमेरिकाका उपाध्यक्ष जेदु पोखरेल, नासो कम्युनिटीका अध्यक्ष गोपाल बिश्वकर्मा तथा अमेरिका नेपाल सोसाइटीका वरिष्ठ उपाध्यक्ष डा बिष्णु घिमिरेले स्व शारदा पोखरेल घिमिरेलाई श्रद्धान्जली अर्पण गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै शोक सन्तप्त परिवारमा समवेदना दिएका थिए ।

images
प्रकाशित मिति :मंसिर १७, २०७५ सोमवार - २१:०२:४३ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend