Logo

सोमवार, मंसिर १ गते २०८३   |   2026 November 16

images

images

अमेरिकामा नेपाली युवामाथि काम गर्ने स्थानमा गोली प्रहार, गम्भीर घाइते

अमेरिकामा नेपाली युवामाथि काम गर्ने स्थानमा गोली प्रहार, गम्भीर घाइते

सतीश चापागाईं

१८, मंसिर २०७५
images
  अमेरिकाको टेक्सासमा काम गर्ने स्थानमा एकजना बन्दुकधारीले नेपाली युवामाथि गोली प्रहार गरेको छ । टेक्सासको ब्रायनमा रहेको ग्यास स्टेशनमा काम गर्दै आएका ३१ बर्षीय बिनोद जेठारामाथि ग्यास स्टेशनमा नै गोली हानिएको हो । घाइते जेठाराको अवस्था गम्भीर रहेको जनाइएको छ । धनगढीका जेठारा टेक्सासको ब्रायनमा रहेको उक्त ग्यास स्टेशनमा विगत एकबर्षदेखि काम गर्दै आएका थिए । सोमबार स्टोर खोल्न गएको बखत अश्वेत बन्दुकधारीले उनीमाथि गोली हानेको थियो । गोली हान्नुको कारण अहिलेसम्म खुलेको छैन । छातीमा गोलीका लागेका जेठाराको स्थानीय सेन्ट जोसेफ अस्पतालमा उपचार भइरहेको छ । जेठाराकी श्रीमति र छोरी अमेरिका आउने प्रकृयामा रहेका छन् । अमेरिकाका विभिन्न स्टोर र ग्यास स्टेशनमा नेपालीहरु बन्दुकधारीहरुको शिकार बन्दै आएका छन् । ग्यास स्टेशनमा नेपालीहरुले ज्यान गुमाउने गरेको तथ्यांक समेत डरलाग्दो रहेको छ । एक अध्ययनका अनुसार सन् २००४ देखि २०१८ अर्थात् १४ बर्षमा कम्तीमा १४ नेपालीले ग्यास स्टेशन वा कन्भिनेन्स स्टोरमा काम गरिरहेका बेला ज्यान गुमाएका छन् । अहिलेसम्मको स्थिति हेर्दा प्रायः घटनाहरु रातमा भएका छन् । ती घटना लुटेराहरूबाटै गराइएका छन् । यी दुबै तथ्यको विश्लेषण गर्दा राति काम गर्नुपर्ने बाध्यताका साथै राति सुरक्षाको यथेष्ट ब्यवस्था नहुने भएकाले लुटेराहरूको मनोबल बढेको देखिन्छ । किशोर पन्थी डटकमबाट साभार ।

images
प्रकाशित मिति :मंसिर १८, २०७५ मंगलवार - २०:३७:५७ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend