Logo

सोमवार, मंसिर १ गते २०८३   |   2026 November 16

images

images

पाँच बर्षिय बालिकाले ल्याइन नयाँ म्युजिक भिडीयो

पाँच बर्षिय बालिकाले ल्याइन नयाँ म्युजिक भिडीयो

सतीश चापागाईं

२१, मंसिर २०७५
images
भर्जीनिया, अमेरीका । लालीगुँरास फुले सरी जब तिमि मुस्कुराउँछ्यौ, सत्य मेरो धडकन भुतुक्कै पो बनाउँछ- बोलको गीतका शव्दहरु जस्तै पाँच बर्षिय बाल कलाकार सृष्टि आर्चायको अभिनय पनि सुन्दर रहेको छन् । सृष्टि संयुक्त राज्य अमेरिकाको भर्जिनिया राज्यमा बाबु आमासँग बसोबास गर्दै आएकी छिन् । सामाजिक संजालहरूमा निकै नै लोकप्रिय अनि भाइरल बनेकी यी सुन्दर पाँच बर्षिय नानीले विभिन्न नेपाली म्यूजिक भिडियोहरूमा अभिनय गरि सकेकी छिन्। सुनितामी परियार र अस्मिता ढकालको स्वर रहेको यस गीतमा झलक स‌ंगीतमले सं‌गीत दिएका छन् भने गीतकार सुबिसुधाको शब्द तथा रचना रहेको चाँदनीमा नुहाएर बोलको गीतको निर्देशन हेम प्रभाषले गरेका हुन् । यस गीतको सम्पुर्ण छायाँकन अमेरिकामै गरिएको छ । यस गीतमा सृष्टिको जीवन्त अभिनय त छदैँ छ साथमा दिपा थापा र सुबिसुधाको पनि अभिनय देख्न सकिन्छ । आलाप रेकर्डिङ्ग स्टुडियोमा रेक‍र्ड गरिएको गीतलाई वरिष्ठ फोटोग्राफर राजिव श्रेष्ठले खिचेका हुन् भने एकान्त मगरले सम्पादन गरेका हुन् । यस गीतको प्रोड्क्सन म्यानेजर भने केशव आचार्य हुन् । Shristi Kids TV नामक युब्ट्युब र फेसबुक पेजमा समेत सृष्टिको हजारौ फ्लोअर रहेका छन् । सृष्टि अमेरिकामा बसोबास गर्ने गीतकार सुबिसुधा आचार्यकी छोरी हुन् । गीतकार सुबिसुधाका अधिकांश गीतहरूमा सृष्टिले नै अभिनय गर्ने योजना रहेको पारिवारिक श्रोतले जानकारी दिएको छ।   https://youtu.be/3pvBMEexqSo

images
प्रकाशित मिति :मंसिर २१, २०७५ शुक्रवार - २०:३६:२० बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend