Logo

सोमवार, मंसिर १ गते २०८३   |   2026 November 16

images

images

अमेरिकामा रहेका गायक पवन वलीले ल्याए नयाँ लोक गीत (भिडियो सहित)

अमेरिकामा रहेका गायक पवन वलीले ल्याए नयाँ लोक गीत (भिडियो सहित)

सतीश चापागाईं

२३, मंसिर २०७५
images
  सुमन बैरागी कुनै बेलाका सरकारी शिक्षक थिए पवन वली । बाफूखोला सल्यानमा रहेको एक माविमा १० वर्षसम्म शिक्षण पेशा गरेका थिए वलीले । शिक्षण पेशा गर्दा गर्दै उनको सपरिवार दाङको तुलसीपुरमा बसाई स¥यो । त्यसपछि उनको जागिरे यात्रा त्यहीँ टुंगियो पनि । तर उनी शिक्षण पेशामा रहँदा नै उनले धेरै एल्बम र गीत रेकर्ड गरिसकेका थिए । भूगोल अनुसार लोकदोहोरी गाउनु उनका लागि ठूलो कुरा थिएन । हाइस्कुल पढ्दाताका नै उनी साथीभाइका अगाडि गाउँदा सबैले राम्रो भन्थे । उनी झन् गाउँदै हिंड्थे । २०५७ मा बी.एड. पढ्न काठमाडौं आउँदा उनले पहिलो एल्बम ‘राप्तीको भेल’ बजारमा ल्याएका थिए । जता गए नि गीत गाउने र लेख्ने स्वभाव थियो उनको त्यो बालापनमा पनि । अहिले ती दिन सम्झेर उनी आफैं चकित पर्छन्– ‘म त्यस्तो कसरी र किन भएँ होला ?’ अहिले अमेरिकाको सरकारी आइटी कम्पनीमा उनी कम्प्युटर इन्जिनियरका रुपमा कार्यरत छन् । पवन वली नेपाली संगीतप्रेमीका बीचमा एउटा अब्बल गायकका रुपमा स्थापित थिए । पवन वली भन्ने बित्तिकै धेरैले उनका गीतहरुलाई सम्झन्थे । गायक वलीले यसभन्दा १६ वटा बिभिन्न एल्बमहरु बजारमा ल्याइसकेका छन् । लोकप्रिय गायक वलीका बुटवल बसपार्क, गरिबको जिन्दगी, चौतारीमा हावा सरर, मनमा पीर बददै गाको छ, अक्षतामा दहि, खोलि झ¥यो गाई लगायतका गीत नेपाली लोकसंगीत प्रेमी स्रोताको माझ निकै कर्णप्रिय बनिसकेको छ । सरकारी जागिर, नेपाली लोकदोहोरी गायनमा स्थापित हुँदाहुँदै पनि अमेरिकाको मोहले पवन ओलीलाई पनि तान्यो । पछिल्लो समय नेपाली कलाकारहरुको हब बनिरहेको छ अमेरिका । हो त्यही हबभित्र सुरुवातकै दिनमा प्रवेश गरेका गायक हुन् गायक वली पनि । अमेरिकातिर पलायन हुनु भयो नि भन्ने प्रश्नमा उनले भने – ‘पलायन नै भएको भन्न चाहिँ मिल्दैन तर केही समय बिताउनेछु र पुनः मातृभूमितर्फ नै फर्कनेछु । त्यसैले पलायन होइन नेपालको फोहोरी राजनीतिभित्र बस्नु मन परेन । नेपालीहरु गफ गरेर समय बिताउँछन् काम कम गर्छन् तर यहाँ कामको कदर हुन्छ । तर यति भन्दैमा नेपाल नराम्रो भन्न खोजेको होइन, राम्रा उद्योगधन्दा, विकास गरेर नेपाली जनशक्तिलाई सदुपयोग गर्ने दिन आएपछि म नेपालमै हुनेछु ।’ कुनै पनि पेशालाई सरकारले मर्यादित र सम्मानित बनाउनु पर्छ । मेरो मात्रै कुरा होइन धेरै नाम चलेका कलाकारहरु किन नेपाल छाडे ? कलाकारिता क्षेत्रलाई सरकारी तबरबाट सम्मानित बनाउन नसक्दा यस्तो भएको हो । सरकारी र गैसरकारी क्षेत्रबाट कलाकारिता क्षेत्रलाई सहयोग र संरक्षणको आवश्यकता छ, गायक वलीले बताए । अमेरिकाको १० वर्ष बसाइले धेरै अनुभव दिलाएको छ । आम्दानी भन्दा पनि अध्ययन र अनुभव लिनु सबैभन्दा ठूलो ठानेको छु । त्यसैले कम्प्युटर इन्जिनियरिङको अध्ययन गर्ने रहर पूरा गरेको छु । अहिले Linux System Engineer को रुपमा काम गरिरहेका गायक वली एउटा दक्ष कामदारका रुपमा अगाडि बढेको बताउँछन् । ७ जनाको परिवारका धनी वली आफ्नो अध्ययन, गीतसंगीत, परिवारको जिम्मेवारीमै व्यस्त भइरहेका थिए । धेरै लामो समय गीतसंगीतमा फर्किन सकेका थिएनन् गायक वली । अब भने वर्षमा १–२ वटा गीत निरन्तर बजारमा ल्याउने सोचमा छन् । १० वर्षपछि कमब्याक भएका गायक वलीले भर्खरै बजारमा ल्याएको गीत ‘थाके धाउँदा धाउँदै’ । प्राय भन्ने गरिन्छ गीतकारको रचना प्राय आफ्नै जिन्दगीसँग मेल खाइरहेको हुन्छ । यहाँ पनि गीतकार, संगीतकारसमेत रहेका गायक पवन वलीको गीत पनि वास्तविकताजस्तै वेदना पोखेको देखिन्छ । गायक वलीका संघर्ष्भित्रका शब्दहरुलाई गीतमार्फत गायक वलीलाई गायिका पूर्णकला बिसीले साथ दिएकी छन् । सायद उनको जीवनमा यस्ता घटना नआएको भए पनि वेदनाले भरिएको यो गीतले धेरैको मन छुने विश्वास लिइएको छ । गीतको म्यूजिक भिडियोलाई निर्देशक प्रकाश भट्टले निर्देशन गरेका छन् भने महेन्द्र गौतम, दिनेश खड्का र सारिका केसीको अभिनय रहेको छ । राजेश घिमिरेको छायाँकन रहेको यस म्यूजिक भिडियोलाई विष्णु शर्माले सम्पादन गरेका छन् । अडियो भिडियो विजय म्यूजिकको ब्यानरमा तयार गरिएको छ ।  म्यूजिक खवरडटकमबाट साभार   https://youtu.be/KpD-lKf2YC8

images
प्रकाशित मिति :मंसिर २३, २०७५ आइतवार - १७:४३:२८ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend