Logo

बुधवार, आश्विन १४ गते २०८३   |   2026 September 30

images

images

अमेरिकामा स्थापित कामदा-मिलन पत्रकारिता पुरस्कार नेपालका प्रेम लामालाइ

अमेरिकामा स्थापित कामदा-मिलन पत्रकारिता पुरस्कार नेपालका प्रेम लामालाइ

सतीश चापागाईं

२५, मंसिर २०७५
images
हलिउडखबरको दोश्रो बार्षिक उत्सव डिसेम्बर ९, २०१८ आइतबारका दिन महाबाणिज्य दूत ऋषि ढकालको प्रमुख आतिथ्यतामा सान फ्रान्सिस्कोमा सम्पन्न भएको छ। डिसेम्बर २०१६ मा क्यालिफोर्निया राज्यको सान फ्रान्सिस्कोबाट आधिकारिक रुपमा सुरु गरिएको हलिउडखबर डटकम http://hollywoodkhabar.com/ स्थापना भएको दुइ बर्ष पुगेर तेश्रो बर्ष प्रवेश गरेसंगै दोश्रो बार्षिक उत्सव कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। डिसेम्बर ९, २०१८ आइतबारका दिन सांझ Cre Asian Test of the Himalayas मा भएको मिडियाको दोश्रो बार्षिक उत्सवमा सान फ्रान्सिस्को र लस एन्जल्स देखिका थुप्रै नेपालीहरुको उपस्थिति रहेको थियो। कार्यक्रम नेपाल अमेरिका पत्रकार संघका अध्यक्ष सुदिप पन्त र कानुन ब्यबसायी बाशु फुलारा बिशेष अतिथि रहेको थियो। प्रमुख अतिथि ऋषि ढकालले आफ्नो हलिउडखबरलाइ शुभकामना र सुझाव दुवै दिनुभयो। कार्यक्रममा नेजा अध्यक्ष सुदिप पन्तले संघ, पत्रकार र समुदायबारे बताउनुभयो। नेजा महासचिव किरण मरहट्टा, नेजा सदस्य प्रतिमा बास्कोटाले समेत शुभकामना दिनुभयो। नेपाली महिला विश्व संजालकी अध्यक्ष अभिमा उप्रेती र स्थानीय संघ-संस्थाहरुको प्रतिनिधित्व गर्दै नर्दन क्यालिफोर्निया नेपाली एशोसियशनका बरिष्ठ उपाध्यक्ष इश्वर सिटौलाले हलिउडखबरलाइ शुभकामान दिनुभयो। त्यसैगरी नजाका निवर्तमान महासचिव तोया दाहालले पत्रकारिता र हाम्रो प्राक्टिसलाइ प्रस्तुत गर्नुभयो भने बरिष्ठ पत्रकार रवि अधिकारीले नेपाली पत्रकारिताको विकासको ऐतिहासिक पाटोबारे बताउनु भयो। ती दुइ प्रस्तुतिले समुदाय र पत्रकारहरुमा थुप्रै फरक चिन्तन र प्राक्टिस आउने सक्ने कुरा बिश्वास गरिएको छ। कार्यक्रममा कानुन ब्यबसायी बाशु फुलारासँग इमिग्रेशन फोरम समेत सम्पन्न भयो। उपस्थित व्यक्तिहरु र प्राप्त व्यक्तिहरुका जीज्ञासाहरुको जवाफ दिनुभयो। कार्यक्रममा सान फ्रान्सिस्को बे एरियाका लायन्स क्लबहरुको तर्फबाट मिडिया सपोर्ट गरेबाताप उहाँहरुले हलिउडखबरलाइ सम्मान पत्र समेत दिनुभयो। पत्रकार रोशन अधिकारीले आफ्ना आमा-बुबाको नामबाट सुरु गर्नुभएको कामदा-मिलन पत्रकारिता पुरास्कार यो वर्ष नेपालका प्रेम लामालाइ प्रदान गर्ने निर्णय गरियो। रोशन अधिकारीले $२०० र हलिउडखबरले $१०० गरी जामा $३०० को पुरस्कार हरेक बर्ष प्रदान गरिनेछ। पुरस्कार काठमाण्डौ बाहिर बसेर पत्रकारिता/संचार गर्ने व्यक्तिहरुमध्ये एकजनालाई प्रदान गरिनेछ। नर्दन क्यालिफोर्निया नेपाली एशोसियशनका बरिष्ठ उपाध्यक्ष ईश्वर सिटौलाले अर्को $१०० थप रकम रोहि राशिमा थप हुनेगरि एकपटकको लागि मात्र दिने घोषणा गर्नुभएको छ। पुरस्कार $३०० र थप रकम $१०० गरि जम्मा $४०० पर्साको विकट गाउँ ठोरीका पत्रकार तथा शिक्षक प्रेम लामालाइ प्रदान गरिनेछ। पुरस्कार, नेपाल अमेरिका पत्रकार संघमार्फत, नेपाल पत्रकार महासंघसंघसंग समन्यव गरि प्रदान गर्नको लागि प्रक्रिया भईरहेको अनलाइनका संचालक कृष्ण के.सीले जानकारी दिनु भएको छ ।  

images
प्रकाशित मिति :मंसिर २५, २०७५ मंगलवार - १८:१६:१८ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend