४, श्रावण २०७५
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, वाशिङ्टन डिसी मेट्रो कमिटी र अन्तर्राष्ट्रिय कलाकार मँच, वाशिङ्टन डिसी, अमेरिकाले संयुक्त रुपमा आगामी जुलाई २२ तारिख मनाससको Splash Down Water park, 7500 Ben Lomond Park Dr, Manassas, VA 20109 मा भानु जयन्ती, पिकनिक, साहित्यिक तथा साँस्कृतिक कार्यक्रम आयोजना गर्ने
भएका छन ।
निशुल्क प्रबेश र भोजन ब्यबस्था गरिएको उक्त कार्यक्रममा कबिता, मुक्तक, गजल, गीत र नाचहरु प्रस्तुत गरिने कार्यक्रमका संयोजक पुस्कर पन्तले बताउनुभयो । उक्त कार्यक्रम सम्पन्न गर्न अरुणा रुपाखेती, बिमला निरौला, सुजना खनाल, निलकन्ठ सुबेदी, मन थापा, बिना मगर, खगेन्द्र थापा, सन्देश पौडेल, अम्बिका गुरुङ, सुनिता खत्री, पुस्पा घिमिरे, लोक कुमारी सुबेदी, शकुन्तला अधिकारी, मुकुन्द कोइराला, संगिता पन्त, गोमा न्यौपाने लगायतका अनेसासको कार्य समितिका सबै पदाधिकारी, सदस्यहरु, सल्लाहकार र स्वयमसेबकहरु खटिरहनुभएको महासचिब भुप नारायण घर्तिमगरले जानकारी दिनुभयो ।
कार्यक्रम भानु समबन्धी र बिबिध बिषयमा कबिताहरु लिएर कविहरु आउनुहुने छ भने नाच गान, निशुल्क भोजन ( पिकनिक ) ब्यबस्था गरिएको महासचिब घरतिले बताउनुभयो । कार्यक्रमको थप जानकारी तल प्रस्तुत छ :
प्रबेश निशुल्क
July 22, 2018
11 am
भानु जयन्ती, पिकनिक, साहित्यिक तथा साँस्कृतिक कार्यक्रम
Splash Down Waterpark
Address: 7500 Ben Lomond Park Dr, Manassas, VA 20109
आयोजक:
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, वाशिङ्टन डिसी मेट्रो कमिटी
र
अन्तर्राष्ट्रिय कलाकार मँच, वाशिङ्टन डिसी, अमेरिका
प्रकाशित मिति :श्रावण ४, २०७५ शुक्रवार -
०६:१६:४५ बजे