२०, पौष २०७५
क्यानडा। नेपाली जनसम्पर्क समिति, क्यानडाको हालै सम्पन्न दोश्रो एकताको अधिवेशनले सभापतिमा राम बाबु थापाको नेतृत्वमा केन्द्रिय कार्यसमिति सर्व सम्मत चयन गर्यो। उक्त अधिवेसनले चेयरमा अन्जनी भट्टराई, उपसभापतिमा सुरेश खनाल र सुदीप खनाल, महामन्त्रीमा विद्याभुषण कार्की, सहमहामन्त्रीमा केदार प्रसाद निरौला, कोषाध्यक्षमा अम्बिका ज्ञवाली र प्रवक्तामा दुर्गा अधिकारी निर्वाचित गर्यो।
त्यसैगरि २१ सदस्सिय कार्यसमितिका निर्वाचित केन्द्रिय सदस्यहरुमा ऋषि तिवारी, अर्जुन ओली, अन्जु बिष्ट, बिनोद शर्मा, नरेन्द्र मैनाली, उदय दुरा, भरत चौधरी ,सुर्य बराल, शान्ता थापा, पम्पी चौरसिया, मेजर के सी, कमल गिरि, छन्। ने ज स क्यानाडाको तत्कालै बसेको पहिलो नवनिर्वाचित कार्यसमितिको बैठकले निवर्तमान कार्यसमितिको तर्फबाट संस्थापक सभापति, उपसभापति, र महामन्त्री क्रमश: तुल्सी पौडेल, सुरज पाण्डे र दीपक सापकोटालाई सर्व सम्मतले संस्थाको सल्लाहकारमा नियुक्त गर्यो। गत जुलाई १४, २०१८मा घोषित संस्थाको दोश्रोअधिवेसन क्यानडा भर छरिएर रहेका अरु लोकतन्त्रवादी साथीहरुलाई एकतावद्द गर्ने थप प्रयासका लागि अन्तिम समयमा आएर ने का पार्टीको निर्देशनमा स्थगन भएको अधिवेसन केन्द्र सँगकै परामर्शका आधारमा सम्पन्न भएको छ।
समाजका लोकतन्त्रमा आस्थावान साथीहरुको उल्लेख्य उपस्थिति रहेको उक्त अधिवेसनले संस्थाका शुभेच्छुक एवं निर्वाचन समिति संयोजक प्रकाश ज्ञवालीको संयोजकत्वमा गठित समितिबाट ल्याईएको प्रस्ताव माथि व्यापक छलफल गर्दै सर्वसम्मत रुपमा पूर्व कार्यसमिति सदस्य रामबाबु थापाको सभापतित्वमा २१ सदस्यीय कार्यसमिति गठन गरेको थियो । उक्त अधिवेशनले राम बाबु थापाको संयोजकत्वमा गठित ने ज स संयुक्त एकता कार्यदलले NPCC का कार्यवाहक सभापति सुरेन्द्र खड्का समूहसंग गरेको एकता प्रयास र यसबाट प्राप्त सकारात्मक उपलब्धिहरुको संरक्षण गर्दै राम बाबु थापालाई सर्वसम्मत रुपमा नेपाली जनसम्पर्क समिति क्यानडाको सभापतिमा चयन गरेकोले संयुक्त एकता कार्यदलको औचित्य समाप्त भएको घोषणा समेत गरेका थियो।
संस्थाका शुभेच्छुक एवं क्यानाडा स्थित कनजर्भेटिव पार्टीका नेता एवं ब्रम्प्टन निर्वाचन क्षेत्रका सांसद पदका उमेद्वार मुररीलाल थापलियाल प्रमुख आतिथ्य, गैर आवासीय नेपाली संघ क्यानाडाका उपाध्यक्ष राज महत, पूर्व अध्यक्ष अनिल थापा, ICC सदस्य प्रमिला बस्नेत, लगायत अन्य समाजका अग्रज एवं अन्य विशिस्ट महानुभावहरुको समेत उपस्थिति रहेको उक्त कार्यक्रममा बक्ताहरुले ने ज स को एकता मै जोड दिएका थिए।
संस्थाका निवर्तवान तथा संस्थापक सभापति तुल्सी पौडेलले आफ्नो २ बर्षे कार्यकालमा कार्य समितिले पाएको साथ् र सहयोगको लागि सबैलाइ हार्दिक धन्यवाद दिनु हुदै सँस्थाका जुनसुकै रचनात्मक कार्यमा आफ्नो पूर्ण सहयोग रहने बताउनु भएको थियो भने नव-निर्वाचित सभापति रामबाबु थापाले आफ्नो भावी कार्य योजना प्रस्तुत गर्नु हुदै संस्थालाई अझै प्रभावकारी वनाउने कार्यमा लोकतन्त्र प्रति आस्थावान सवैको साथ र समर्थन रहने विश्वाश लिंदै सदैव संस्थाको ढोका खुला रहेको बताउनु भएको थियो।
उक्त अधिवेसनले कार्य समितिको कार्यकाल आगामी २ बर्षको लागि तोकेको थियो। कार्यक्रम महामन्त्री दिपक सापकोटाले संचालन गर्नुभएको थियो !
प्रकाशित मिति :पौष २०, २०७५ शुक्रवार -
१८:२५:२४ बजे