Logo

सोमवार, मंसिर १ गते २०८३   |   2026 November 16

images

images

बच्चा नजन्माएको आरोपमा जिउँदै चितामा राखेर जलाउने प्रयास

बच्चा नजन्माएको आरोपमा जिउँदै चितामा राखेर जलाउने प्रयास

सतीश चापागाईं

७, माघ २०७५
images
भारतको बिहारमा बच्चा नजन्माएको भन्दै एक महिलालाई जिउँदै जलाउने प्रयास गरिएको छ । यो घटना बिहारको भोजपुर जिल्लाको सारीपुर गाउँको हो । स्थानीय पत्रिका प्रभात खबरमा उल्लेख भएअनुसार स्थानीय सोन नदीको किनारमा एक महिलामाथि कुटपीट गरी जिउँदै चितामा राखेर जलाउने प्रयास गरिएको थियो । स्थानीय एक व्यक्तिको सूचनाका आधारमा ठिक समयमा प्रहरीले ती महिलाको उद्धार गरेको थियो । महिलाका दाई गणेश ठाकुरका अनुसार बच्चा नजन्माएको आरोपमा पटक पटक उनकी दिदीमाथि कुटपीट हुँदै आइरहेको थियो । कुटपीटपछि महिला बेहोस भएकी थिइन् । त्यसपछि उनलाई चितामा राखेर जलाउने प्रयास गरिएको थियो । पीडित महिलाको सन्देश रेफरल अस्पतालमा उपचार भैरहेको छ । एजेन्सीबाट 

images
प्रकाशित मिति :माघ ७, २०७५ सोमवार - २१:४७:०९ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend