Logo

सोमवार, मंसिर १ गते २०८३   |   2026 November 16

images

images

एनआरएन अमेरिकाको सुपरिवेक्षण र प्रमाणीकरण समिति काममा लागे

एनआरएन अमेरिकाको सुपरिवेक्षण र प्रमाणीकरण समिति काममा लागे

सतीश चापागाईं

२०, माघ २०७५
images
एनआरएन अमेरिकाका दुई समिति काममा लागेका छन् । आगामी निर्वाचनलाई चुस्त दुरुस्त र पारदर्शी बनाउने उद्देश्यले गठित सुपरिवेक्षण समिति र आन्तरिक सदस्यता प्रमाणीकरण समितिले आफ्नो काम शुरु गरेका हुन् । दुवै समितिको संयुक्त कन्फरेन्स कल बैठक हालै सम्पन्न भएको छ । सो कन्फरेन्स कल बैठकमा सुपरिवेक्षण समितिका डा रुद्र अर्याल, शैलेश श्रेष्ठ, प्रमोद सिटौला अनि अन्तरिक प्रमाणीकरण समितिका राम कुमार सुबेदी, बाल जोशी र पवन योञ्जनको उपस्थीती रहेको थियो। बैठकपछि निम्नलिखित बुँदागत निर्णयहरु भएको माईन्युट सार्बजनिक गरिएको छ । जनवरी ३० , २०१९ गत आईतबार, जनवरी २७ तारिख २०१९ का दिन सम्पन्न भएको एनआरएन अमेरिकाको सदस्यता सम्बन्धि बनेको सुपरिवेक्षण समिति र आन्तरिक सदस्यता प्रमाणीकरण समितिको संयुक्त कन्फरेन्स कल बैठकमा निम्नलिखित बुँदागत निर्णयहरु सर्वसम्मतिबाट गरियो । सो कन्फरेन्स कल बैठकमा सुपरिवेक्षण समितिका डा. रुद्र अर्याल, शैलेश श्रेष्ठ, प्रमोद सिटौला अनि अन्तरिक प्रमाणीकरण समितिका राम कुमार सुबेदी, बाल जोशी र पवन योञ्जनको उपस्थीती रहेको थियो। बैठकका एजेण्डाहरु र निर्णयहरु: १ जिम्मा दिईएको कार्यकारी अधिकार सहितको कार्य सम्पादनको सन्दर्भमा हरेक जिम्मेवार व्यक्ति व्यक्तित्व अधिकारहरुको अधिकतम उपयोग गर्ने हैसियत निश्चितरुपमा राख्दछन तर त्यो संगै हरेक सदस्य बिधि-बिधान, आचार-संहिता, लिखित गोपनियता र आफु रहे बसेको राज्य तथा सहरको मौजुदा कानुन अन्तरगत बाँधिएका हुन्छन । त्यस अर्थमा अन्तरिक छानविन समिति र सुपरिवेक्षण समितिका हरेक सदस्यहरु प्रस्तावित आचार-संहिताको अधिनमा रही कार्य सम्पादन गर्न "कोर्ड अफ कन्डक्ट" मा लिखित हस्ताक्षर गर्दै कार्य सम्पादन अगाडी बढाउन सर्वसम्मत सहमति गरियो । २ एनआरएन अमेरिका कार्यसमितिले गठन गरेका उल्लेखित दुवै समितिहरु एनआरएन अमेरिकाको बिधानले दिएका अधिकारक्षेत्र भित्र रही सदस्यता प्रमाणीकरण र त्यसलाई सुपरिवेक्षण गर्ने सबालमा प्रकृति र क्षेत्राधिकारका दृष्टिकोणले स्वतन्त्र, स्वायत्त र अधिकार सम्पन्न निकायहरु हुन भनेर मानिएका छन । त्यस अर्थमा बिधानको सीमा र यी समितीहरुको क्षेत्राधिकार प्रती समेत प्रभाब पर्ने र पार्ने खालका कुनै पनि गतीबिधीहरु प्रती यी समितिका सम्पूर्ण सदश्यहरु सजग हुनु पर्ने भन्ने बारेमा सर्वसम्मत रह्यो । ३ अन्तरिक प्रमाणीकरण समितिले काम गर्दै गरेको आधारमा अहिलेसम्म पनि ठुलो संख्यामा भुक्तानी नभएका (अनपेड) आवेदकहरु देखिन आएका छन जसको स्टाटस "पेन्डीङ्ग" रहेको देखिन्छ । त्यस्तो स्टाटसमा रहेकाहरुलाई पत्राचार मार्फत सच्याउन र भुक्तानी गर्न एक हप्ताको समय दिईने छ यदि त्यो एक हप्ताको अबधिमा पनि आबेदन क्लियर नभएमा स्वत: अस्वीकृत भएको मानिने छ । पुराना आजीवन सदस्यहरुको हकमा भने पुरानो नामावली हेरेर अनपेडलाई पनि मान्यता दिन सकिने छ किनकी आजीवन सदस्यहरुले अघिल्लो पटकनै भुक्तानी गरिसको हुन्छ। तर नयाँ आजीवन सदस्यको सन्दर्भमा चाँही समयमै भुक्तानी भएको प्रमाण पेश गरिएको हुनु पर्नेछ । ४ पुर्व प्रकाशित सुचनाहरुका अनुसार (मतदान अधिकार सहितको) सदस्य बन्ने म्याद यहि आउँदो फेब्रुअरी महिनाको १५, तारिख मध्यरात ११:५९ (पूर्वीय समय) मा समाप्त हुनेछ । उक्त अबधि भित्र आबेदन प्राप्त भई सदस्यता बापत रकम भुक्तानी भएको तर अन्य बिबिध कारणले "अन्डर रिभ्यु" स्टाटसमा रहेका आबेदनहरुको यथोचित छानविन गर्न अन्तरिक प्रमाणीकरण समितिले आबश्यकता अनुसार सुपरिवेक्षण समितिको अनुमति र सहमतिमा सात दिनको समय थप गर्न सक्नेछ। ५ आबश्यकता अनुसार अहिले वेबसाईटमा हेर्न सकिने सदस्य संख्या पूर्णरुपमा भेरिफाईड हुन कि होइनन भन्ने बारेमा प्रष्ट हुन बिभिन्न तरिकाहरु अपनाईने छन जस्तै कार्यसमितिका कोषाध्यक्षज्युसंग सदस्यता सम्बन्धि आवधिक जम्मा भएको रकम बारेमा जानकारी लिने (पे-पल मार्फत भूक्तानी भएका)। सो समयमा सदस्य बनेकाहरुको संख्या र जम्मा भएको रकम तुलना गर्ने, आबश्यकता अनुसार प्रमाणीकरण समितिले क्रसचेक गर्दै भेरिफाईड सदस्यको स्टाटसमा एनआरएन अमेरिकाको वेबसाइटमा प्रकाशित भई सकेका सदस्यहरुको समेत आवश्यक जाँचबुझ गर्ने लगायतका अन्य ब्यबहारिक बिधि पनि आपसी सहमतिमा अपनाईने निर्णय गरियो । ६ एनआरएन अमेरिकाको बिगतलाई हेर्दा सदस्यता र चुनाबी प्रक्रिया सम्बन्धि कार्यसम्पादन र गतिबिधिमा अविश्वासको सृजना हुन गएकोले एनआरएन अमेरिकाको अन्तरिक गतिबिधि र बाह्य विश्वसनीयतामानै गम्भीर असर परेको देखिन्छ। यो अविश्वासलाई हटाउँदै नयाँ शिराबाट बिश्वासको वातावरण सिर्जना गर्नको निम्ती एनआरएन अमेरिका कार्यसमिति लगायत सम्पूर्ण एनआरएनका कमिटीहरु, अग्रज अभियन्ताहरु, सल्लाहकारहरु तथा आम एनआरएनहरुलाई समयको माग र आवश्यकता अनुसार कार्यसम्पादनमा जुटेको सुपरिवेक्षण समिति र अन्तरिक प्रमाणीकरण समितिलाई सहयोग र परामर्श उपलब्ध गराउनका लागि समेत अनुरोध गरीएको छ। ७ अन्तरिक प्रमाणीकरण समितिका सदस्यहरुले अनुमोदन गरेका सदस्यहरुको संख्या लगायत उक्त समितिका कुन सदस्यले हरेक दिन कति जना सदस्यको प्रमाणीकरण गर्यो भनि वेबसाइट मार्फत हेर्ने लगायत कसले कतिबेला लगइन गर्यो भन्ने जानकारी सुपरिवेक्षण समितिले जानकारी मागेकोमा प्रमाणीकरण समितिका सदस्यहरुले म्यानुअल्ली त्यसको रिपोर्ट दिंदा त्रुटी हुन सक्ने भएकोले वेबसाइट मार्फत त्यसको जानकारी दिन सकिने तर त्यसको एक्सेस प्रमाणीकरण समितिका सदस्यहरुले लिने र जाँचबुझ गर्ने। तुरुन्तै एनआरएन अमेरिकाको वर्तमान आईटी कमिटीसंग त्यस्तो आवधिक रिपोर्टको जानकारी लिने। कथंकदाचित आईटी कमिटीले पनि आवधिक विवरण उपलब्ध गराउन नसकेको अवस्थामा आईटी कमिटीसंग तुरुन्तै के कती कारणले उपलब्ध गराउन नसकीएको हो त्यो बारेमा जानकारी लिने। आइटी कमिटीले आबस्यकता महसुस गरी यी दुइ समितिहरुलाई अनुरोध गरेमा एनसीसीका अध्यक्ष र कार्यकारी समितिलाई सुपरिवेक्षण समितिका संयोजकले यथासक्य सम्पर्क गरी त्यसबारेमा समस्या समाधान गर्ने समेत सहमती भयो । ८ मौजुदा बिधान र कार्यसमितिले दिशानिर्देश गरेका बैधानिक आधारशिलाहरुको अधिनमा रही सदस्यता प्रमाणीकरण कार्यसम्पादन गरिरहेकै अवस्थामा प्रत्येक सदस्यहरुको गोपनियता र डाटा सुरक्षामा हाम्रो ध्यान पूर्णरुपमा आकृष्ट भएको छ त्यसको यथोचित उपायहरु पनि निश्चित रुपमा खोजविन गर्दै सदस्यहरुलाई सुनिश्चितता दिलाउने तर्फ पनि हामी प्रतिबद्ध छौं । ९ हरेक शुक्रबारका दिन आन्तरिक प्रमाणीकरण समितिका सदस्यहरुले गरेका सम्पूर्ण कामहरुको आवधिक विवरण सुपरिवेक्षण समितिलाई जानकारी गराउने र दुवै समितिका सदस्यहरुको सहमतिमा मात्र ति दस्ताबेजहरु सार्वजनिक गर्ने । १० मिटिङ्गको अन्त्यमा फेरी पनि सुपरिवेक्षण समिति र अन्तरिक प्रमाणीकरण समितिका सम्पूर्ण सदस्यहरुले एनआरएन अमेरिकाका सदस्यहरुका सर्वथा संबेदनशील मानिने वैयक्तिक गोपनियताहरुलाई सार्वजनिक नगर्ने प्रतिबद्दता व्यक्त गर्दै अन्तरिक आचार सहितामा हस्ताक्षर गर्ने समेत निर्णय गरियो । यदि कोही कसैले नियतबस त्यसो गरेको पाईएमा त्यस्तो कर्म दण्डनीय हुने कुरामा समेत सबै सदस्यहरुको समान बुझाई रहेको पाईयो । आवश्यक समन्वय र कार्यसम्पादनका लागि अर्को बैठक चाहिएको र आवश्यक परेको अवस्थामा संयोजकहरुबाट आव्हान गरि बोलाईने जानकारी सहित बैठकको समापन गरियो । डा रुद्र अर्याल / राम कुमार सुबेदी अध्यक्ष / अध्यक्ष सुपरिवेक्षण समिति / आन्तरिक प्रमाणीकरण समिति

images
प्रकाशित मिति :माघ २०, २०७५ आइतवार - ०८:२३:३९ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend