Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

टिपीएस अन्त्य भईसकेको छैन, हामी सिनेटर र कांग्रेसम्यानहरु भेट्दैछौं -रमेश भट्ट 'नेपाली छोरो'

टिपीएस अन्त्य भईसकेको छैन, हामी सिनेटर र कांग्रेसम्यानहरु भेट्दैछौं -रमेश भट्ट 'नेपाली छोरो'

सतीश चापागाईं

२९, माघ २०७५
images
आज अमेरिकाको राजधानी वाशिंगटन डिसीमा टिपीएसमा रहेकाहरुलाई स्वत: ग्रिनकार्ड पाउने व्यवस्था गरियोस भनेर र्याली गर्ने कार्यक्रम रहेको छ । म पनि मेरिल्याण्डका नेपालीहरुको प्रतिनिधित्व गरेर डिसीमा छु । अमेरिकाले प्रदान गरेको यो सुबिधा खारेजीमा परेका विश्वका १३ देशलाई प्रतिनिधित्व गर्ने 'टिपीएस नेशनल एलाईन्स' को संयोजनमा यो कार्यक्रम हुदैछ । फेब्रुअरी १० देखि १३ सम्मको यो राष्ट्रिय कार्यक्रममा तिन दिनसम्म टिपीएसको आवश्यकता र टिपीएस नपाउदा टिपीएस होल्डरले पाउने कानुनी झामेलाका बारेमा व्यापक छलफल भएको छ । सरोकारवालाहरुसंग पनि व्यापक कुराकानी भएको छ र अमेरिकी सरकारलाई ठुलो दबाब सिर्जना गरिसकेको छ । कार्यक्रमको अन्तिम दिन आज 'मार्च फर जष्टिस' भन्ने मूल नाराका साथ ब्यानर र प्ले कार्ड लिएका हजारौं मानिसहरु व्हाईट हाउसको अगाडिदेखि क्यापिटल हिलसम्म दुई माईल र्याली हुनेछ । यो र्यालीका लागि ४ सय मानिसहरुले हिजोसम्ममा आफ्नो नाम दर्ता गराईसकेका छन् । यो र्यालीमा सर्बसाधारण पनि सहभागी हुन पाउनेछन । भोलिको र्यालीमा सहभागी हुन अमेरिकाका बिभिन्न राज्यबाट नेपाली लगायत अन्य देशका अभियन्ताहरु डिसीमा आउने क्रम जारी छ । अमेरिकामा सक्रिय सामाजिक संस्था 'अधिकार' लगायतका संस्थाहरुको आयोजनामा यो र्याली आयोजना हुन लागेको हो । नेपाली समुदायमा यो बिषयमा अधिकारले शुरुदेखि नै काम गरेको छ । ट्रंप प्रशाशनले बिभिन्न देशको टिपीएस सुबिधा खारेज गरिसकेको छ र नेपाल र होन्डूरस लगायतका देशको केहि महिना मै यो सुबिधा सकिदै छ । यो सुबिधा सकिनु अगावै अमेरिकन सरकार र सम्बन्धित निकायलाइ दबाब सिर्जना गर्ने उद्देश्यले मंगलबारको र्याली आयोजना गरिएको पनि आयोजकले बताएका छन् । र्याली सकिने बित्तिकै संस्थाका प्रतिनिधिहरुले सिनेटर र कांग्रेस म्यानहरुलाई भेट्ने कार्यक्रम छ । मेरिल्याण्डका सिनेटर बेन कार्ड़ेन र तीन जना कांग्रेस म्यानहरुलाई मैले नै भेट्दैछु । टिपीएस अन्त्य भईसकेको छैन र ठोस पहल गरेमा यो सुबिधा प्राप्त गर्न सक्छ भन्ने सबैको विश्वास हो। यी कार्यक्रम र र्याली अमेरिकाको विरुद्ध होइन, टिपीएस होल्डरको पक्षमा मात्र हो । टिपीएसमा बसेकाहरुले ईमान्दरिका साथ रातदिन मेहेनत गरेका छन् । समस्यामा परेका कारण नै उनीहरु यहाँ बसेर मेहेनत गरेका छन् । उनीहरुको पक्षमा बोल्नु मानवीयता पनि हो । अमेरिकी सरकारले यो कुरा बुझ्ने विश्वास सबैको छ । (भट्टसंगको कुराकानीमा आधारित)

images
प्रकाशित मिति :माघ २९, २०७५ मंगलवार - ०९:०८:१५ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend