Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

दबाबका कारण पशुपति शर्माले गीत नै हटाए

दबाबका कारण पशुपति शर्माले गीत नै हटाए

सतीश चापागाईं

४, फाल्गुण २०७५
images
गायक पशुपति शर्माले आफ्नो नयाँ गीत सार्बजनिक भएको केहि दिन मै युट्युबबाट हटाएका छन् । शर्माले नाम उल्लेख नगरेपनि कसैको दबाबमा यसो गर्न परेको भन्दै दुख पोखेका छन् । उनले आफ्नो फेसबुक पेजमा लेखेका छन्, “म पनि यही देशको एक सचेत नागरिक साथै कलाकार भएको नाताले देशमा विद्यमान भ्रष्टाचार, घुसखोरी र जिम्मेवारहरुको अकर्मण्यता विरुद्द आवाज उठाउन पाउने मेरो नैसर्गिक अधिकार हो भन्ने कुरामा म दृढ रहेको कुरा दोहोर्याउन चाहन्छु ।” उनले नेपाल वायु सेवा निगमको वाइडबडी विमान खरिद्, ३३ किलो सुन प्रकरण, राष्ट्रपतिले चढ्ने महंगो हेलिकप्टरसँगै सरकारको बागडोर सम्हाल्नेहरुले गरिरहेको अनियमितताप्रति ब्यग्य गर्दै गीत सार्वजनिक गरेका थिए । उक्त गीतलाई लिएर नेकपा तथा त्यसका भ्रातृ संस्थाहरुले विरोध जनाएका बताइएको छ । “हिजो रिलिज भएको मेरो ‘लुट्न सके लुट कान्छा’ भन्ने गीतमा प्रयोग भएका केही शब्दहरुलाई लिएर विरोध सृजना गर्न खोजिएकाले म आफ्नो कुरा यहाँहरु समक्ष राख्न गइरहेको छु । सर्वप्रथम त म यहाँ हरुलाई जानकारी गराउन चाहान्छु की म राजनीतिलाई त्यती गहिराई बाट बुझ्दिन । तर शुशासन कायम हुनुपर्छ र देशमा विसंगती ब्याप्त हुनु हुँदैन भन्ने कुरामा म सचेत छु । मेरो गीतले बिसंगती लाई ब्यंग्य गरोस भन्ने मेरो एकमात्र ध्यय थियो,” उनले अगाडि लेखेका छन्,“ मैले कुनै राजनैतीक आग्रह या पूर्वाग्रह पालेर त्यो गीत बनाएको पनि हैन र कुनै राजनैतिक दल या संस्थासँग मेरो कुनै किसीमको पूर्वाग्रह पनि छैन । तर गीतमा समावेश केही शब्दहरुमा मेरा केही शुभचिन्तकहरुको असंतुष्टी रहन गएकोले जुनजुन शब्दमा असन्तुष्टी देखियो म ति शब्दहरुलाई परिमार्जन गर्न गइरहेको छु । केही समय लाग्ला जुन शब्दमा असन्तुष्टी देखीयो ति शब्दहरुलाई फेर्नु मेरो पनि दायित्व हो भन्ने संझिीएको छु ।” भिडियो हेरौं https://youtu.be/Hq7WP8TyKTM

images
प्रकाशित मिति :फाल्गुण ४, २०७५ शनिवार - २१:४७:०७ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend