Logo

सोमवार, श्रावण २५ गते २०८३   |   2026 August 10

images

images

सुनील शाहसंग चुनावी गफ (भिडियो सहित)

सुनील शाहसंग चुनावी गफ (भिडियो सहित)

सतीश चापागाईं

१२, फाल्गुण २०७५
images
एनआरएन अमेरिकाको नयाँ कार्यसमिती निर्वाचनका अध्यक्ष पदका प्रत्यासी सुनिल शाहले यस पटकको निर्वाचन निस्पक्ष र धाधली रहित हुने कुरामा बिश्वस्त रहन सबै मनदातालाई अनुरोध गरेका छन् । अमेरिकामा रहेका ९ वटा नेपाली संचार माध्यमले संयुक्त रुपमा सुरु गरेको एनआरएनए चुनावी अपडेट अन्तरगत यूएस संवादसंगको कुराकानीमा बोल्दै शाहले यस अघिका निर्वाचनमा पनि निस्पक्षता कायम रहेको र आगामी निर्वाचनमा अझै जन गुनासाहरुलाई ध्यानमा राखेर निर्वाचन सम्पन्न गर्ने तयारी भईरहेकाले निवार्चनप्रति सकारात्मक रहन अमेरिकाबासी नेपालीलाई अनुरोध गरेका हुन् । एनआरएन अमेरिकाका बर्तमान बरिष्ठ उपाध्यक्ष रहेका उनले आफ्नो २ बर्षे कार्यकाल सफल भएको बताउँदै यो अवधीमा भएका महत्वपूर्ण कामहरुका बारेमा पनि जानकारी दिए । निर्वाचन समिति सदस्य, सल्लाहकार हुँदै एनआरएनए एनससिसी अमेरिकाको बर्तमान कार्यसमितिका बरिष्ठ उपाध्यक्ष हुँदै आगामी निवार्चनमा अध्यक्ष पदका दावेदार शाहले पेशाले आईटी ईन्जिनियर हुन् । सन २००४ मा अमेरीका अमेरिका आएक उनि फ्लोलोरिडाबाट माष्टर डिग्री सकेर सन सन २००५ देखि सुचना प्रविधि क्षेत्रमा सक्रिय छन् । सन २०११ देखि एनआरएनमा आवद्ध रहेका शाहले सकारात्कम सोच र हरेक कामलाई लगनका साथ हेर्नुपर्ने मान्यता राख्दै एनआरएनए अमेरिकाले धेरैं मुद्दाहरुमा काम गर्न बाकी वर्तमान अवस्थामा संस्थालाई गतिशिल बनाउदैं प्रभावकारी कार्य दक्षता देखाउन सक्ने अनुभवी नेतृत्व चयन हुनु पर्नेमा जोड दिएका छन् । न्युयोर्क , टेक्सास र क्यालिफोर्निया लगायतका क्षेत्रबाट संचालित ९ वटा नेपाली र अँग्रेजी भाषाका संचारमाध्यमहरु खसोखास, खुल्लामञ्च, हिमालपाटी, युएस खबर, ह्वाइटहिमाल, युएस नेपाल अनलाइन, नेपलिज डायस्पोरा, नेपालय र द न्युयोर्क सिटी पोष्टले समुदायको हितका लागि एनआरएन अमेरिकाको आसन्न चुनावमा हुनसक्ने गलत गतिविधिको खबरदारी र सही नेतृत्व छनौटका लागि जनचेतना लगायतका गतिविधिमालाई समेट्ने उद्येश्य अनुरुप सुरु गरेको यूएस संवादमा निर्वाचनसंग सम्बन्धित रहेर उमेद्वार र यस क्षेत्रका बिज्ञहरुसंगका कुराकानीलाई समेट्ने छ ।  

images
प्रकाशित मिति :फाल्गुण १२, २०७५ आइतवार - १२:५३:३१ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend