Logo

शनिवार, कार्तिक २९ गते २०८३   |   2026 November 14

images

images

अमेरिकामा फेरी एक नेपालीको गोली लागेर मृत्यु, आफ्नै स्टोरमा काम गर्दा ज्यान गयो

अमेरिकामा फेरी एक नेपालीको गोली लागेर मृत्यु, आफ्नै स्टोरमा काम गर्दा ज्यान गयो

सतीश चापागाईं

१२, फाल्गुण २०७५
images
अमेरिकाको केन्टकी राज्यमा एक बन्दुकधारीको गोलीवाट एक नेपाली सुवास घलेको ज्यान गएको । सोहि घटनामा अर्का एक जना गम्भिर घाइते भएका छन् । लमजुङ घर भएका सुवास घलेको आफ्नै स्टोर एलिजावेद टाउनको टी मार्टका संचालक हुन् । घटनामा परी अर्का प्रयास बानिया गम्भिर घाइते भएका छन् । उनको लुवेल अस्पतालमा उपचार भैरहेको छ । घले केही समयअघि टेक्ससको डलासवाट केन्टकी बसाइसरेको बुझिएको छ। विहिवार राती करिव साढे ११ वजे एक बन्दुकधारी स्टोरमा प्रवेश गरी गोली हानेका थिए । ती हतियारधारीले आफ्नो प्रेमिकालाई समेत गोली हानी हत्या गरेको बताइएको छ । मृतकका वुवा आमा नभएको बताइएको छ । घलेका एक दिदी नेपाल र अर्की दिदी वेलायतमा वस्दै आएका छन् भने भाई सिंगापुरमा रहेका छन् । प्रहरीले घटनावारे पूर्ण जानकारी नगराएको भएपनि बन्दुकधारीसग सोही दिन दिउसो घलेको समान्य वादविवाद समेत भएको बताइएको छ ।

images
प्रकाशित मिति :फाल्गुण १२, २०७५ आइतवार - १८:१२:४८ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend