Logo

बुधवार, आश्विन १४ गते २०८३   |   2026 September 30

images

images

रुपन्देहीमा तरुण दलका कार्यकर्ताको हत्या, हत्यामा संलग्न भएको आरोपमा तीनजना पक्राउ

रुपन्देहीमा तरुण दलका कार्यकर्ताको हत्या, हत्यामा संलग्न भएको आरोपमा तीनजना पक्राउ

सतीश चापागाईं

२६, फाल्गुण २०७५
images
  रुपन्देही – रुपन्देहीको देवदहमा तरुण दलका एकजना कार्यकर्ताको हत्या भएको छ । देवदह प्रहरी चौकीका प्रमुख भरत थापाका अनुसार देवदह नगरपालिका वडा नं ५ का २० वर्षीय अमिस पुरीको चिरपट र ढुङ्गाले हानेर आइतबार राति हत्या भएको हो । देवदहबाट भलुहीतर्फ मोटरसाइकलमा आउँदै गरेका पुरीलाई फोन गरेर बोलाएर पेट्रोल पम्प पछाडि सडकबाट १ सय मिटर भित्र लगेर चिरपट, ढुङ्गालगायतले हानेर हत्या गरिएको देवदह नगरपालिका प्रमुख हिरा खत्रीले जानकारी दिनुभयो । उनको छातीमा गहिरो चोट छ । गम्भीर घाइते भएका पुरीलाई उपचारको लागि देवदह मेडिकल कलेजमा लैजाने क्रममा ज्यान गएको हो । हत्यामा संलग्न भएको आशंकामा प्रहरीले ३ जनालाई नियन्त्रणमा लिएको उज्यालो डटकममा भवानीप्रसाद पाण्डेले लेखेका छन् ।

images
प्रकाशित मिति :फाल्गुण २६, २०७५ आइतवार - २०:४७:०९ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend