Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

प्रचण्ड आतंककारी भएको भन्दै पक्राउ गर्न अमेरिकामा उजुरी

प्रचण्ड आतंककारी भएको भन्दै पक्राउ गर्न अमेरिकामा उजुरी

सतीश चापागाईं

५, चैत्र २०७५
images
  काठमाडौं । अमेरिकामा श्रीमतीको उपचार गर्न आएका नेपालका पूर्व प्रधानमन्त्री समेत रहेका नेकपा अध्यक्ष प्रचण्डलाई पक्राउको माग गर्दै अमेरिकामा उजुरी परेको छ । अमेरिकाको 'केन्टुकी स्टेट युनिभर्सिटीमा रिसर्च असोसीएट रहेका तिलक बहादुर श्रेष्ठले अमेरिकी गुप्तचर संस्था एफबिआईमा उजुरी दिँदै पूर्व प्रधानमन्त्री प्रचण्डलाई पक्राउ गर्न निबेदन दिएका हुन् । उजुरीमा प्रचण्डलाई परिचित आतंकवादी भनिएको छ । उनले जनयुद्धको समयमा १७ हजार नेपालीको ज्यान लिएको र उनको नाम अमेरिकाको आतंकवादीको सूचीमा समेत रहेकोले उनलाई पक्राउ गरी कारबाही गर्नको लागि आग्रह गरिएको छ । श्रीमती सीता दाहालको उपचारको लागि अमेरिका पुगेका प्रचण्ड 'जोन हप्किन्स अस्पताल' मा रहेको बताउँदै उजुरीकर्ता श्रेष्ठले नैतिक मूल्य र मान्यता, अन्तराष्ट्रिय कानून र अमेरिकाले आतंकवाद विरुद्ध लिएको प्रतिवद्धताको आधारमा उनलाई पक्राउ गर्नुपर्ने उल्लेख गरेका छन्। प्रचण्डले आफ्नी श्रीमतीको उपचार अमेरिकाको मेरिल्याण्ड राज्यको बाल्टिमोर शहरमा रहेको 'जोन हप्किन्स अस्पताल' मा गराउने बुझिएको छ । यो अस्पताल विश्वको सबैभन्दा राम्रो अस्पतालका रुपमा परिचित छ । अमेरिकामा रहेको नेपाली दुताबासको पहलमा हस्पिटल नजिकै प्रचण्ड परिवारलाई ३ महिनाको लागि बस्ने ब्यबस्था गरिएको बुझिएको छ । प्रचण्डलाई पक्राउको माग गर्दै दिइएको उजुरी जस्ताको त्यस्तै :
 

Dr. Tilak Shrestha March 17, 2019

Subject: A terrorist is visiting USA Federal Bureau of Investigation Baltimore,

MD Dear Madam \ Sir,

Regards It is to report the visit of a known terrorist Mr. Pushpa Kamal Dahal, also known as ‘Prachand’, from Nepal this week. Earlier, he was in the American terrorists list. His insurgency killed over 17,000 poor Nepalese. He is visiting ‘John Hopkins Hospital \ John Hawkins Hospital’ for the medical treatment of his wife Mrs. Sita Dahal. Please consider American stand on terrorism, our moral values, internal and international legal obligations on terrorism. I don’t know where I am supposed to report. Please forward it to the relevant office. Thank you very much.

Sincerely,

Tilak B. Shrestha,

Ph.D. Research Associate Kentucky State University Frankfort, KY

images
प्रकाशित मिति :चैत्र ५, २०७५ मंगलवार - ०६:५३:४५ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend