Logo

सोमवार, मंसिर १ गते २०८३   |   2026 November 16

images

images

कविता घर्ती मगरका ५ चोटिला मुक्तकहरु

कविता घर्ती मगरका ५ चोटिला मुक्तकहरु

सतीश चापागाईं

१८, चैत्र २०७५
images
मुक्तक -१ के गर्ने के नगर्ने खाली तनावै तनाव छ सरकार कर्णालीमा गास बास कपासकै अभाव छ सरकार सधै जनताको तमासा मात्र हेरेर बसिरन्छस् किन ? भनिदे न आखिर तँमाथी कस्को दबाब छ, सरकार । मुक्तक-२ धेरै ठूला गफ नगरौं भो अधुरा, हुन सक्छन् उखान टुक्का जस्तै तिम्रा कुरा, हुन सक्छन् पूरा हुने सपनामात्र देखाऊ भो ए सरकार, नत्र सबै सपना पनि ती अपूरा, हुन सक्छन् । मुक्तक -३ इतिहासमा वीर गोर्खालीको नाम रचेकै, हुन् सहिदले राष्ट्र र राष्ट्रियता बचाउनको निम्ति लडेकै, हुन् सहिदले हिजो देशमा आमूल परिवर्तन ल्याउन हिँड्दा हिँड्दै, आफ्नो अमूल्य जीवन बलिदान गरेकै, हुन् सहिदले । मुक्तक -४ बिरामी हुँदा झारफुक गर्न भन्दै धामी, आउनेछ परिवर्तनको आँधीहुरीसँगै ठूलो सुनामी, आउनेछ अनि मात्र परिवर्तन स्वीकार गर्न सकिन्छ महोदय जब दलित मर्दा पनि बाहुन क्षेत्री मलामी, आउनेछ । मुक्तक -५ जताततै हत्या-हिंसा, बलत्कार बढीरा'छ सुन्नुस्त रेडियोमा के सामाचार भनिरा'छ जनताहरु आन्दोलन गर्दै सडकमा उत्रिइसके अझै सरकार कस्को मुख ताकेर बसिरा'छ ? - कविता घर्ती मगर शारदा नगरपालिका -१४ माल्नेटा, धर्खानी सल्यान । (कविता घर्ती मगरका यी यी मुक्तकहरुसाहित्यकार गोम बिक्रमले संकलन गर्नु भएको हो । तपाई पनि नेप्लिज डायस्पोरामा साहित्यिक रचना पठाउन चाहनुहुन्छ भने गोम बिक्रमको फेसबुक (https://www।facebook।com/gom।bicram) मा सम्पर्क गर्नुहोला । नेप्लिज डायस्पोराको फेसबुक पेज https://www।facebook।com/nepalesediaspora/ लाइक गर्न र युट्युब च्यानल https://www।youtube।com/nepalesediaspora लाई सब्स्क्राइब पनि गर्नु होला ।-सम्पादक)

images
प्रकाशित मिति :चैत्र १८, २०७५ सोमवार - ०७:४३:५३ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend