Logo

शनिवार, कार्तिक २९ गते २०८३   |   2026 November 14

images

images

सुर्य लम्सालको उमेद्वारी घोषणा, अमेरिकाभरि हलचल

सुर्य लम्सालको उमेद्वारी घोषणा, अमेरिकाभरि हलचल

सतीश चापागाईं

२४, चैत्र २०७५
images
  एनआरएनए अमेरिकाको अध्यक्षको पदमा सुर्य लम्सालले उठने घोषणा गरेका छन् । अमेरिकाको न्युयोर्कमा एक बिशेष कार्यक्रमको आयोजना गरेर लम्सालले उक्त घोषणा गरेका हुन । घोषणा सभामा लम्सालले एनआरएन अमेरिकालाई सबै नेपाली समक्ष पुर्याउन उद्देश्यले आफुले उमेद्वारी दिएको बताएका थिए । उक्त कार्यक्रममा न्यु योर्कका नेपालीहरुको सहभागिता रहेको थियो । साथै अमेरिकाका बिभिन्न राज्यबाट पनि एनआरएनप्रेमी व्यक्तित्वहरुको सहभागिता रहेको थियो । एनआरएन अमेरिकाको अध्यक्ष पदमा यस अघि नै सुनील साह, संजय थापा र अर्जुन बन्जाडेले उठ्ने घोषणा गरिसकेका छन् । सबैको घोषणा सभा हेरेर धैर्यताका साथ लम्सालले यो घोषणा सभाको आयोजना गरेका हुन । अघिल्लो पटक उठेर पराजित कृष्ण पोखरेल पनि उठ्ने जानकारी गराएका छन् । लम्साल अन्य टीममा उठ्ने छन् भन्नेहरु धेरै थिए तर, उनको घोषणा सभाले अमेरिकामा एउटा नयाँ हलचल नै ल्याएको छ ।हिजोसम्म लम्सालको उमेद्वारीलाई सामान्य लिनेहरु पनि आजदेखि अलि गम्भीर भएको बुझिएको छ । आईतबार साँझ नै सुनिल साह र संजय थापाको टीममा बिशेष छलफल भएको जानकारी पनि नेप्लिज डायस्पोरालाई प्राप्त भएको छ । सबै जातजाति र पार्टीलाई समेटेर बृहत आन्तरिक गृहकार्य सहित लम्साल बलियो भएपछी मात्र अगाडी आएको विश्वास गरिएको छ । राजनीति र पैसाको आडमा गरिएको एनआरएनको हालसम्मको खिचातानीबाट वाक्क भएका अमेरिकाका मध्यमार्गी मतदाताहरु लम्सालको पक्षमा आउने विश्वास पनि लम्साल समर्थकहरुको छ । लम्साललाई समर्थन गर्नेहरु बाहिर नदेखिएका तर निर्वाचनको अंक गणितमा राम्रो प्रभाव पार्न सक्नेहरु रहेको टिमका एक सदस्यले बताए । अरु टिममा फोटो आएकाहरुले पनि अन्तिममा लम्सालको टिमलाई सघाउने वचन दिएको पनि बुझिएको छ । "स्यांग्जा ज्याग्दी खोलाका लम्साल नपत्याउने खोला बनेर पटक पटक एनआरएनको निर्वाचनमा होमिने गरेका छन् । यो पटक पनि त्यो खोला शुरुमा नपत्याउने खालको नै देखिन्छ, तर मुहानतिर ठुलै बाढी आईसकेको छ |" आजको कार्यक्रम हेरेका एक मतदाताले नेप्लिज डायस्पोरासंग भने ।

images
प्रकाशित मिति :चैत्र २४, २०७५ आइतवार - २१:२७:४४ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend