Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

प्रबासी नेपालीको सुख र समृद्धि मेरो संकल्प -कृष्णजीवी पन्थ

प्रबासी नेपालीको सुख र समृद्धि मेरो संकल्प -कृष्णजीवी पन्थ

सतीश चापागाईं

८, बैशाख २०७६
images
सुरेश कोइराला न्यूयोर्क–कुशल एवम् बौद्धिक युवा व्यवसायी कृष्णजीवी पन्थले एनआरएनएको आसन्न निर्वाचनमा उपाध्यक्ष पदमा उम्मेदवारी दिनुभएको छ । जनसम्पर्क समिति अमेरिकाका राजनीतिक चिन्तक पन्थ नेपाल र नेपालीलाई विश्वमा चिनाउने दृढ संकल्पका साथ चुनावी मैदानमा उत्रनु भएको हो । नेपाल र नेपालीलाई आर्थिक रुपमा सम्पन्न, सामाजिक रुपमा बलियो आधार तयार गर्ने परियोजनाको पारुप तयार गर्ने उहाँको प्रतिवद्धता छ । परम्परागत रुपमा राजनीतिक समस्याले झागिएको गुट उपगुट, मुद्दा मामिलाले जकडेको एनआरएनएलाई शुद्ध सुदुढ गर्न पन्थले उपाध्यक्ष पदमा उम्मेदवारी दिनुभएको हो । अमेरिकाभरी छरिएर रहेका नेपालीलाई एउटै सुत्रमा बाधेर एकीकृत विकासका खाका कोर्दै संस्थालाई बलियो साझा चौतारी बनाउने अठोटका साथ उहाँ चुनावी मैदानमा उत्रनु भएको हो । स्वदेशमा बस्ने हुन् या विदेशमा आप्रबासीको रुपमा बस्ने हुन् हरेक नेपालीको सुख र समृद्धि मेरो एकमात्र संकल्प हो । महान ग्रीन विचारक पेरिसेल्सको विचाराधारलाई आधार मानेर अघि बढ्नु भएका पन्थ उहाँले भने झै राजनीतिबाट अछुतो रहन सक्नु भएन । विचारकले भनेका छन् ‘यो नसोच कि तिम्रो राजनीतिमा रुचि छैन भन्दैमा राजनीतिले तिमिलाई छोडिदिने छ ।’ हो हामी कुनै न कुनै हिसाबले राजनीतिले बेरिएका छौँ, यदि त्यसो होइन भन्छौँ भने त्यो केवल भ्रामक र मिथ्या प्रचार सिवाय केही होइन । सामाजिक संस्थामा राजनीति आजको हाम्रो महारोग हो । एनआरएनए जस्तो राजनीति बर्जित संस्थामा जुन राजनीतिक क्यान्सर छिरेको छ । यसलाई र्निमूल पार्ने जिम्मा हाम्रो भएको पन्थले बताउनु भयो। संस्थाको दीगो र संस्थागत विकास गर्ने उहाँको प्रतिवद्धता छ । नेपाल सरकारसँग सिधै पहुँच राख्न सक्ने खुवी भएका पन्थले अमेरिकामा बसेर पनि नेपाल र नेपालीका लागि समाज सुधारका विविध कार्यहरू गर्दै आउनु भएको छ ।

images
प्रकाशित मिति :बैशाख ८, २०७६ आइतवार - १८:४५:०१ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend