Logo

शनिवार, कार्तिक २९ गते २०८३   |   2026 November 14

images

images

समुदायलाई एक गरेर समुदाय केन्द्रित काम गर्नेछु -डोलनाथ घिमिरे, अध्यक्ष पदको उमेद्वार, एनआरएनए अमेरिका, मेरिल्याण्ड च्याप्टर

समुदायलाई एक गरेर समुदाय केन्द्रित काम गर्नेछु -डोलनाथ घिमिरे, अध्यक्ष पदको उमेद्वार, एनआरएनए अमेरिका, मेरिल्याण्ड च्याप्टर

सतीश चापागाईं

१०, बैशाख २०७६
images
डोलनाथ घिमिरे बाल्टिमोरका एक युवा ब्यबसायी र सामाजिक व्यक्तित्व हुन् । राजनीति र समाजसेवा उनको नेपालदेखि कै रुचिको विषय हो । २०२६ सालमा चितवन जिल्लामा जन्मेका घिमिरे सात बर्षदेखि अमेरिकामा छन् । बिभिन्न सामाजिक संस्थामा रहेर समाजसेवा गरेका घिमिरे सन्  २०१२ मा लायन्स क्लब भरतपुरको अध्यक्ष हुन् । अमेरिकामा पनि उनी एनआरएन अमेरिका, बाना, स्थानिय मन्दिर, जनसम्पर्क समिति, चितवन समाज अमेरिका लगायतका संस्थाहरुमा सधै सक्रिय छन् । समुदायका हरेक क्रियाकलापमा उनी सधै अग्रभागमा देखिन्छन । नेपालमा हुँदा बिभिन्न ब्यबसायमा संलग्न घिमिरे अमेरिकामा पनि आफ्नै ब्यबसाय संचालन गर्दै आईरहेका छन् । उनी अहिले मेरिल्यान्डको बाल्टिमोरस्थित पार्कभिलमा श्रीमती, दुई छोरी र एक छोराका साथ बसोबास गरिरहेका छन् । एनआरएनए अमेरिकाको मेरिल्याण्ड च्याप्टरको अध्यक्ष पदमा उमेद्वारी दिएका घिमिरेले यो संस्थालाई अमेरिकाकै नमुना संस्था बनाउने आफ्नो लक्ष्य रहेको बताउछन । "समुदायलाई एक गर्ने र यहाँका संघसंस्थाहरुसंग समन्वय गरेर समुदाय केन्द्रित बिभिन्न कार्यक्रम गर्नेछु ।" घिमिरेले भने । 'नेपाली समाजको एकता हाम्रो प्रतिबद्दता' भन्ने मूल नाराका साथ निर्वाचनमा होमिएको टीमका नेता घिमिरेले आफ्नो समुह चुनाव जित्नेमा विश्वस्त रहेको पनि बताए ।

images
प्रकाशित मिति :बैशाख १०, २०७६ मंगलवार - ११:०५:५५ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend