१०, बैशाख २०७६
नेपाली जनसम्पर्क समिति अमेरिकाका बरिष्ठ उपाध्यक्ष धनंजय नरसिंह के सीले सुर्य लम्साललाई खुलेर समर्थन गरेका छन् । के सीले आफ्नै फेसबुकबाट लम्साललाइ समर्थन रहेको सार्बजनिक गरेका हुन् ।
जनसम्पर्क समितिका धेरै नेताहरु लम्सालको समर्थनमा रहेको र केहि दिनमा अरु साथीहरुको खुल्ला समर्थन आउने जनसम्पर्क समिति न्युयोर्क च्याप्टरका सचिव अनिल पाण्डेय बताउछन ।
"प्रिय मित्र सूर्य लम्साल एक भद्र तथा शालिन ब्याक्तित्वका धनि पनि हुनुहुन्छ । समाज सेवा र सहयोगको लागी सँधै अहोरात्र खटिने सूर्यको जी एनआरएन अमेरिकालाई सबै नेपाली समेटिन सक्ने साझा र सबैले आफ्नो संस्था भन्न सक्ने बनाउनुहोस मेरो साथ र सहयोग सदैव तपाईको साथ रहने छ ।" केसीले लेखेका छन् ।
हेरौं केसीको स्टाटस
सूर्य लम्साल जीलाई हार्दिक शुभकामना !!
संसारकै ठूलो मानिने न्युयोर्क पावर अथोरीटीको बरिष्ठ ईन्जिनिएर , संसारकै नमुना मानिने नायगराफल्स हाइड्रोपावर को पावरहाउस तथा ट्रान्समिसनको अनुगमन कर्ता, सन् २००२ मा द। कोरियमा भएको बिश्वकप फुटबल खेलाउने रंगशालाका डिजायन कर्ता मध्ये एक, अध्यापक, तथा अमेरिकाको सरकारी तहमा बसेर महत्वपुर्ण जिम्मेवारी समालि रहनु भएका प्रिय मित्र सूर्य लम्साल एक भद्र तथा शालिन ब्याक्तित्वका धनि पनि हुनुहुन्छ । समाज सेवा र सहयोगको लागी सँधै अहोरात्र खटिने सूर्यको जी बारेमा मलाई भन्दा न्यूयोर्कमा बस्नुहुने नेपाली समुदायलाई अझ बढि ज्ञान छ । सबै नेपालीको एक साझा संस्थाको रुपमा स्थापित हुँदै गरेको एनआरएन अमेरिका भित्र सबै विचार, धर्म, वर्ण, लिड्ग ,जातजाति सबै सम्मान ढंड्गले अटाउन सक्ने संस्था निर्माणको सुत्रधार रुपमा उहाँ अहिले अगाडी बढि रहनु भएको छ । उहाँ गैर आवासीय संघ अमेरिकाको आसन्न निर्वाचन बाट बन्ने ( २०१९-२०२१ ) सम्मको कार्यकालको लागी एनआरएन अमेरिकाको अध्यक्ष पदमा चुनावि मैदानमा हुनुहुन्छ ।
समाज सेवा भन्दा सुन्दा जति राम्रो र सजिलो देखिन्छ सबैको चित्त बुझाएर गर्ने गाह्रो छ । मन ,बचन र कर्म भित्र अतुलनीय समर्पण र सहयोगको ईश्वरीय भाव नभई समाज सेवा गर्न सकिँदैन। मनको अन्तरसंस्करणमा उठेको समाज सेवाको भाव र ऊर्जा ब्याबहारमा ल्याई समाज हितमा उतार्न सकियो भने सफल र निस्वर्थि समाज सेवी बन्न सकिन्छ । समाज सेवामा लाग्न सजिलो छ तर बर्षौसम्म निरन्तर रूपले धैर्य भएर टिक्न सजिलो छैन । समाजसेवा गर्नेले आलोचना,गुनासा र तीखा शब्दबाण सहजै पचाउन सक्नु पर्छ । त्यति नपचाई समाज सेवी कहिल्यै बनिदैन । शब्दले गर्ने समाज सेवा र मन,बचन र कर्मलाई एकै ठाउँमा समर्पित भएर गर्ने समाज सेवामा ठूलो भिन्नता छ ।अन्तर पनि छ । भनिन्छ निस्वार्थ सामाज सेवा भित्र ईश्वरिय शक्तिको वास हुन्छ । मेरो बिचारमा सूर्य जी मन , बचन र कर्म एकत्रित गरि समाज सेवामा अहोरात्र खटिने योद्दा मध्येमा एक हुनुहुन्छ ।
उहाँ चितवन नेपाली काँग्रेसका नेता गंगाधर लम्सालको पारिवारिक भाई भएको कारणले पनि हाम्रो मित्रता लामो समय अघि देखि नै आज सम्म प्रगाढ रहँदै आयो । अर्को तिर चितवन क्षेत्र नं -४ का नेपाली कांग्रेसका उमेदवार रामकृष्ण घिमिरेको निर्बाचन क्षेत्रमा चुनाबि संयोजक भएर काम गर्नु भएका मेरा मित्र यदुनाथ लम्सालको भाई हुनुहुन्छ सूर्य जी । यसले गर्दा हाम्रो पारिवारिक र राजनीतिक निकटताले पनि हामिलाई सँधै एकै ठाउँमा उभ्यायो। तसर्थ मित्र सूर्य लम्साल जी लाई गैर आवासीय संघ अमेरिकाको आसन्न निर्वाचन बाट बन्ने ( २०१९-२०२१ ) सम्मको कार्याकालको लागी एनआर एनए अमेरिकाको अध्यक्ष पदको लागी बिजयको धेरै धेरै शुभकामना । एनआरएन अमेरिकालाई सबै नेपाली समेटिन सक्ने साझा र सबैले आफ्नो संस्था भन्न सक्ने बनाउनुहोस मेरो साथ र सहयोग सदैव तपाईको साथ रहने छ ।
जय नेपाल ।
धनंजय नरसिंह के सी
क्यालिफोर्निया, अमेरिका
प्रकाशित मिति :बैशाख १०, २०७६ मंगलवार -
०९:०१:५३ बजे