Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

समुदायका हीतमा रचनात्मक र सिर्जनात्मक काम गर्ने मेरो उद्देश्य हो -बिष्णु बराल, सचिव पदका उमेद्वार, एनआरएनए अमेरिका मेरिल्याण्ड च्याप्टर

समुदायका हीतमा रचनात्मक र सिर्जनात्मक काम गर्ने मेरो उद्देश्य हो -बिष्णु बराल, सचिव पदका उमेद्वार, एनआरएनए अमेरिका मेरिल्याण्ड च्याप्टर

सतीश चापागाईं

१०, बैशाख २०७६
images
एनआरएनए अमेरिकाको मेरिल्याण्ड च्याप्टरमा सचिव पदमा बिष्णु बरालको उमेद्वारी परेपछि मेरिल्याण्डबासी हर्षित बनेका छन् । बराल अहिलेको कार्यसमितिको कोषाध्यक्ष हुन् । वर्तमान कार्यसमितिमा धेरै सक्रिय रहेको भनेर बिभिन्न कार्यक्रममा बरालको बारेमा अध्यक्ष दुर्गाप्रसाद श्रेष्ठले पटक पटक प्रशंशा गरेको सुनिन्छ । चितवन भरतपुरका बरालले बिस बर्ष अघी फिजिक्समा मास्टर्स गरेका हुन् । १२ बर्ष चितवनका बिभिन्न क्याम्पसहरुमा प्राध्यापन गरेका बराल चितवन साईन्स कलेज (CHISCOL) का संस्थापक सदस्य हुन् । नेपालदेखि नै बिभिन्न सामाजिक संस्थाहरुमा सक्रिय भएर समाजसेवामा लागेका उनि झन्डै एक दशकदेखि बाल्टिमोरमा क्रियाशील छन् । बाल्टिमोरका बिभिन्न सामाजिक क्रियाकलापमा उनको सक्रिय सहभागिता रहने गरेको छ । अहिले उनि यहाँको एउटा प्रतिष्ठित कम्पनीमा QA/QC and Lab Tech. को रुपमा कार्यरत छन् । मेरिल्याण्डको बाल्टिमोरस्थित पेरी हल क्षेत्रमा श्रीमती र एक छोरा र एक छोरीसंगै बस्दै आएका बरालले एनआरएनए अमेरिकाको मेरिल्याण्ड च्याप्टरमा उमेद्वारी दिएपछी सबै जनामा एउटा उत्साह छाएको छ । उनको अघिल्लो कार्यकालको अनुभवले यो पटक समुदायले धेरै फाईदा लिन सक्ने विश्वास सबैको छ । नेपाली समाजको एकता हाम्रो प्रतिबद्दता भन्ने मूल नाराका साथ बरालले डोलनाथ घिमिरेको टीमबाट उमेद्वारी दिएका हुन् ।यो पदमा विजयी भएमा मेरिल्यान्डको यही समुदायका हीतमा बिभिन्न रचनात्मक र सिर्जनात्मक काम गर्ने आफ्नो उद्देश्य रहेको उनी बताउछन ।

images
प्रकाशित मिति :बैशाख १०, २०७६ मंगलवार - १२:४४:३० बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend