Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

एनआरएनमार्फत समुदायको हितमा रचनात्मक र सिर्जनात्मक काम गर्ने मेरो उद्देश्य हो -ज्ञानहरि घिमिरे, सदस्य पदका उमेद्वार, एनआरएनए अमेरिका, मेरिल्याण्ड च्याप्टर

एनआरएनमार्फत समुदायको हितमा रचनात्मक र सिर्जनात्मक काम गर्ने मेरो उद्देश्य हो -ज्ञानहरि घिमिरे, सदस्य पदका उमेद्वार, एनआरएनए अमेरिका, मेरिल्याण्ड च्याप्टर

सतीश चापागाईं

१०, बैशाख २०७६
images
ज्ञानहरि घिमिरे एनआरएनए अमेरिकाको मेरिल्याण्ड च्याप्टरको आगामी निर्वाचनमा सदस्य पदमा उमेद्वार बनेका छन् । अहिलेसम्मको तथ्यांक हेर्दा ज्ञानहरिले यो पटक चुनाव जित्ने पक्का भईसकेको छ । च्याप्टरको लागि आवश्यक संख्याभन्दा कम संख्याले मनोनयन पत्र दर्ता गरेको सदस्य पदका सबै उमेद्वारहरि बिजयी भईसकेका छन् । प्राबिधिक रुपमा घोषणा हुन मात्र बाँकी छ । नेपालमा चितवन घर भएका ज्ञान हरिले नेपालमा १५ बर्ष प्राध्यापन पेशामा लागेर आफ्नो ज्ञान बाँडिसकेका छन् । गणित बिषयमा माष्टर्स गरेका घिमिरेको मेरिल्याण्डको बाल्टिमोरमा आफ्नै ब्यबसाय छ । ब्यबसायका अतिरिक्त घिमिरे सामाजिक काममा रमाउने गर्दछन । उनि चितवन समाज अमेरिकाको कोषाध्यक्ष पनि हुन | घिमिरे एक दशकदेखि अमेरिकामा छन् । मेरिल्यान्डको बाल्टिमोरस्थित सेभेन कोर्टमा उनी श्रीमती, छोरी र छोराका साथ बसोबास गर्दै आएका छन् । नेपाली समाजको एकता हाम्रो प्रतिबद्दता भन्ने मूल नाराका साथ उनले डोलनाथ घिमिरेको टीमबाट उमेद्वारी दिएका हुन् । यो पदमा विजयी भएमा एनआरएनमार्फत समुदायको हीतमा रचनात्मक र सिर्जनात्मक काम गर्ने आफ्नो उद्देश्य रहेको उनी बताउछन ।

images
प्रकाशित मिति :बैशाख १०, २०७६ मंगलवार - १६:३१:२० बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend