Logo

सोमवार, मंसिर १ गते २०८३   |   2026 November 16

images

images

युवा बिद्यार्थीका समस्या समाधान गर्न मेरो उमेद्वारी कोशेढुंगा सावित हुनेछ -अनुप खनाल, बोर्ड अफ डाईरेक्टर पदका उमेद्वार, एनआरएनए

युवा बिद्यार्थीका समस्या समाधान गर्न मेरो उमेद्वारी कोशेढुंगा सावित हुनेछ -अनुप खनाल, बोर्ड अफ डाईरेक्टर पदका उमेद्वार, एनआरएनए

सतीश चापागाईं

१०, बैशाख २०७६
images
अमेरिका । एनआरएन अमेरिकाको आसन्न निर्वाचनका लागि बाल्टिमोरका युवा अनुप खनालको उमेद्वारीलाई बिशेष रुपमा हेरिएको छ । लामो समयदेखि अमेरिकाको मेरिल्याड बाल्टिमोरमा बसोबास गर्दै अनुप २०१९/२०२१ को लागी बोर्ड अफ डाईरेक्टर पदमा मनोनयन उठेका हुन् । खनाल १२ बर्ष अगाडी उज्ज्वल भविष्यको मार्ग खोज्दै एउटा विद्यार्थीका रुपमा अमेरिका आएका युवा हुन् । यस अवधिमा उनले आफ्नो पढाईलाई अगाडी बढाउनुका साथै यहाँको नेपाली समुदायलाई सहयोग पनि गरिरहे । अमेरिका आएदेखि नै खनाल यहाका सामाजिक संस्थाहरुमा संलग्न भईरहे । बिद्यार्थी भएर पनि उनले सामाजिक काममा गरेको देख्नेहरु उनको खुलेरै प्रशंशा गर्ने गर्दछन । "एउटा विद्यार्थी भिसामा अमेरिका आएपछि मैले के कस्ता समस्या भागें त्यो मलाई नै थाहा छ," खनालले नेप्लिज डायस्पोरासंगको कुराकानीमा भने, "मैले अरु धेरै नेपाली विद्यार्थीका पीडालाई नजिकबाट अनुभूत गरेको छु, तिनै पीडामा मल्हम लगाउनका लागी मैले उमेद्वारी दिएको हुँ ।" अमेरिकाको माटोमा उनले किताबी शिक्षा मात्र होइन ब्यबहारिक ज्ञान पनि लिएका छन्। साथै, उनले यहाँ एउटा युवा व्यवसायीको पहिचान पनि बनाउन पनि सफल भएका छन् । मेरिल्याण्डमा उनको आफ्नै ब्यबसाय छ । आफु उक्त पदमा विजयी भएमा नेपालबाट विद्यार्थी भिसामा अमेरिका आउने विद्यार्थीका समस्या र अमेरिका बसोबास गर्ने आम नेपालीको हक़ हितमा काम गर्ने प्रतिबद्धता आफ्ना मतदातासंग ब्यक्त गर्दछन । "बिशेषगरी युवा बिद्यार्थीहरुका समस्या समाधान गर्न मेरो उमेद्वारी कोशे ढुंगा सावित हुनेछ ।" अनुपले भने । नेपालीका दुख सुखमा सधै काम गरिरहेका अनुप जस्ता सहयोगी, अनुभवी र शिक्षित युवालाई मत दिएर विजयी बनाउनु हरेक सचेत नागरिकको कर्तब्य हो ।

images
प्रकाशित मिति :बैशाख १०, २०७६ मंगलवार - २०:४४:२४ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend