सुदर्शन पौडेल बाल्टिमोरका एक ब्यबसायी र सामाजिक सेवामा खट्ने सक्रिय युवा हुन् । उनि अहिले एनआरएनए अमेरिकाको मेरिल्याण्ड च्याप्टरमा सदस्य पदमा उमेद्वारी दिएका छन् । उनले डोलनाथ घिमिरेको टिमबाट उमेद्वारी दिएका हुन् । उनको उमेद्वारीले मेरिल्याण्डका युवाहरुमा उत्साह छाएको छ ।
म्याग्दी जिल्ला घर भएका पौडेल बाल्टिमोरमा बसेको लामो समय भयो । नेपालमा इन्फो मेनेजमेन्ट सिस्टममा ब्याचलर्स गरेका सुदर्शनले अमेरिकाको Ashland Univrsity, Ohio बाट MBA गरेका छन् ।
मेरिल्याण्डमा उनले घिमिरे होम्समा रियल्टर को रुपमा काम गर्दछन । उनि एक सफल र मेहनती युवा ब्यबसायी पनि हुन् । छोटो समयमा राम्रो प्रगति गरेका युवा हुन् ।
मेरिल्याण्डका प्राय: सबै जसो सामाजिक कार्यमा उनको उपस्थिति देख्न सकिन्छ । सुदर्शन पदमा नबसेर पनि सामाजिक काम गर्ने युवा हुन् । उनले मेरिल्याण्डका नेपालीहरुले स्थापन गरेको हिन्दु बुद्ध मन्दिरमा स्वयंसेवकका रुपमा धेरै नै खटेको र सहयोग गरेको मन्दिरका सदस्यहरु बताउछन ।
आफु एनआरएनको कार्य समितिमा आएपछी मेरिल्याण्डको नेपाली समाजलाइ एक बनाएर बिभिन्न रचनात्मक सामाजिक कार्यक्रमहरु संचालन गर्ने उनको उद्देश्य रहेको बुझिएको छ ।