Logo

सोमवार, मंसिर १ गते २०८३   |   2026 November 16

images

images

शंकर खड्का एनआरएनए आईसीसी सदस्यमा पहिलो रोजाईका उमेद्वार

शंकर खड्का एनआरएनए आईसीसी सदस्यमा पहिलो रोजाईका उमेद्वार

सतीश चापागाईं

१६, बैशाख २०७६
images
गैरआवासीय नेपाली संघ अभियानमा निरन्तर लागि रहेका हाल क्यालिफोर्नीया निवासी समाजसेवी शंकर खड्काले एनआरएनए आईसीसी सदस्यमा आफ्नो उम्मेदवारी दिए लगत्तै उनि अमेरिकी मतदाताहरुमा पहिलो रोजाईमा परेका छन् । एनआरएन अभियानमा लामो समयदेखि होमिएका खड्का एनआरएन सदस्य, साथीभाई, ईस्टमित्र सवैसंग सरसल्लाह गरेर यस पदमा उम्मेदारी दिएको बताऊँ छन् । बिगतमा पनि एनआरएनएको विभिन्न पदमा रही काम गरि सकेको बताउदै यस पटक पनि आफूलाई सहयोग मिल्ने र साथीभाईले माया गर्ने कुरामा ऊनी बिश्वस्त रहेको कुरा स्वयंले बताए । खडकाको उमेद्वारीलाई अहिले बिशेष चासोका रुपमा लिईएको छ । उनि अहिलेका बलिया उमेद्वार हुन् । उनलाई प्रजातान्त्रिक धारका धेरै मतदाताहरुले एक आशालाग्दा उमेद्वारका रुपमा लिएका छन् । नेप्लिज डायस्पोराले गरेको सामान्य सर्बेक्षणमा खड्का सबैका पहिलो रोजाईमा परेको स्पष्टै देखिन्छ । रामेछापको एक दुर्गम गाउमा राजनैतिक परिवारमा जन्मेका शंकर खड्का हक्की र निडर स्वभावका छन् । उनले सानैदेखी राजनिती र सामाजिक काममा अग्रसर भएर काम गरे । जसको फलस्वरूप आफ्नै नेतृत्वमा संस्थापक अध्यक्ष भई रामेछापको सुनापती गाउपालीकामा सुनापती सहिद बहुमुखी क्याम्पसको स्थापना गरे । उनी नेपालमा रहदा सामाजिक र राजनितीक संगै पर्यटन ब्याबसायी पनि हुन् । नेपाल रहंदा लामो समय नेविसंघको राजनीति गरेर बिताएका खड्का तरुण दलका पुर्ब केन्द्रिय सदस्य हुन्। बिदेसमा रहेका प्रजातांत्रिक युवाहरूलाई पनि संगठित गर्दै देश बिकासलाई अगाडि बढाउनु पर्छ भन्ने मान्यताले बिदेसमा पनि पहिलो पटक तरुण दलको केन्द्रीय प्रतिनिधी भएर अमेरीकामा ‘तरुण दल अमेरीका शाखा ‘गठन गर्न सफल भए । त्यती मात्र नभई बे एरियामा रहेका नेपालीहरूको एक प्रतिष्ठित संस्था सन्नी सगरमाथा समाजको पुर्ब सल्लाहकार भएर काम गरे । लामो समय देखि एनआरएन एनसीसी अमेरिकाको साधारण सदस्य बनेका खड्का २०१५ देखि २०१७ सम्मको कार्यकालमा एनआरएन एनसीसी अमेरिकाको सचिब थिए । साथै आई॰सी॰सी॰को बिभिन्न टास्क फोर्समा बसेर काम गरेको अनुभव उनमा छ । त्यसरीनै शंकर खड्काले विधान समिति लगायत विभिन्न समितिमा रहेर काम समेत गरेकाले आसन्न निर्वाचनमा आईसीसी सदस्यका लागि उम्मेदवारी दिएका हुन् ।

images
प्रकाशित मिति :बैशाख १६, २०७६ सोमवार - १९:५६:२४ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend