Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

माधब कुमार नेपाल अमेरिका आउदै, भ्रमण तीन दिनको हुने

माधब कुमार नेपाल अमेरिका आउदै, भ्रमण तीन दिनको हुने

सतीश चापागाईं

१६, बैशाख २०७६
images
पूर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टीका बरिष्ठ नेता माधवकुमार नेपाल पारिवारिक भ्रमणको शिलशिलामा अमेरिका आउदै हुनुहुन्छ । नेता नेपाल भोलि मंगलबार विहान न्युयोर्क आउनुहुने कार्यक्रम रहेको बुझिएको छ । विहान ९ बजे जोन अफ केनेडी अन्तर्राष्ट्रिय विमानस्थलमा नेता नेपालको स्वागतको तयारी भईरहेको प्रवासी नेपाली मञ्च अमेरिकामा महासचिव राधाकृष्ण देउजाले जानकारी दिनुभयो । कोलोराडो जाने क्रममा न्युयोर्कको जोन एफ केनडी विमानस्थलमा अलिक लामो ट्रान्जिट रहेकोले केहि घण्टा वाहिर निस्किएर भेटघाट गर्ने कार्यक्रम तय गरिएको हो । नेता नेपालको अमेरिकाको बसाई जम्मा तीनदिनको रहने जनाइएको छ । ‘जस्तोसुकै व्यस्तताकोबीचमा पनि आफ्ना तमाम कार्यकर्ताहरुदेखि समर्थक शुभेच्छुकहरुसम्म सम्पर्कमा रहन चाहने उहाँको परिचय नै छ । त्यसै अनुसार अमेरिकामा रहँदा सम्भव धेरै साथीहरुसंग सम्पर्कमै रहनु हुनेछ ।’ – देउजाले जानकारी दिनुभयो ।

images
प्रकाशित मिति :बैशाख १६, २०७६ सोमवार - २१:२४:१२ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend