Logo

शनिवार, कार्तिक २९ गते २०८३   |   2026 November 14

images

images

रामहरी खड्का एनआरएनए अमेरिकाको बोर्ड अफ डाइरेक्टर पदमा पहिलो रोजाई

रामहरी खड्का एनआरएनए अमेरिकाको बोर्ड अफ डाइरेक्टर पदमा पहिलो रोजाई

सतीश चापागाईं

१७, बैशाख २०७६
images
  अमेरिका । एनआरएनए, अमेरिकाको आसन्न निर्वाचनका लागी वोर्ड अफ डाइरेक्टरको पदमा उमेद्वारी दिएका रामहरी खड्काको चर्चा अहिले अलि बढी नै छ । नेपालदेखिको उनको समाजसेवाप्रतिको लगाव र अमेरिकामा पनि देखिएको सक्रियताका कारण उनी सबैको रोजाईमा परेका हुन् । केहि गर्नुपर्छ भन्ने उद्देश्यका साथ खड्का अमेरिकाको मेरिल्यान्ड राज्यको ग्याथेसबर्ग (Gaithersburg) सहरमा विभिन्न सामाजिक संघसंस्थामा रहेर सशक्त रुपमा कार्यसम्पादन गरिसकेको सक्षम युवा पनि हुन् । एनआरएनए अमेरिकाका बिभिन्न कार्यक्रमहरुमा उनले महत्वपुर्ण जिम्मेवारी बहन गरिसकेका छन् । नेपालमा रामेछाप जिल्लाको सुनापति गाउँपालिकामा जन्मेका खड्काको बसाई काठमाडौँको कपुरधारामा पनि छ । संसार कै राम्रा होटेल मध्येको एक 'हिल्टन होटल'मा उनि महत्वपुर्ण जिम्मेवारी सम्हालेर बसेका छन् । अमेरिकाको नेपाली समुदायमा हुने बिभिन्न सामाजिक गतिविधिमा उनले आफ्नो सहभागिता जनाउदै आएका छन् । तीन दशक सामाजिक क्षेत्रमा अनुभव संगालेका रामहरि खड्काले दुबईमा ४ बर्ष रहदा ओमन, बह्ररान जस्ता देशहरुमा नेपाली समाजको संयोजकको रुपमा उत्कृष्ट र इमानदारीपूर्वक सामाजिक क्रियाकलापका विभिन्न क्षेत्रमा काम गरिसकेका छन् । नेपालमा रहदा खड्का सन् २००६ बाट २००७ सम्म रेडियो (HBC) मा सञ्चारकर्मीकाे रुपमा काम गर्दै एम्नेष्टी इन्टरनेस्नल (Amenesty International) बालाजु शाखा अन्तर्गत मानव अधिकारका क्षेत्रमा लामो समयसम्म काम गरेका थिए । अहिले पनि अ्मेरिकामा सो संस्थाको सक्रिय सदस्य २०१५ देखि निरन्तर काम गरिरहेका छन् । अहिले Global Tv Nepal र Nepal America film festival लगायत संस्थामा काम गरिरहेका खड्का प्रवासमा आएर पनि विभिन्न सामाजिक कार्यमा सक्रिय छन् । 'एनआरएनएनसीसी युएसए संस्थामा सक्रिय रही समग्र प्रवासी नेपालीको बृहत्तर हितको लागि समन्वयन गर्नु र सम्बन्धित देशका सम्बन्धित निकायसँग सहकार्य गर्दै नेपाल र नेपालीको पक्षमा विकासका आयामहरुलाई बढाउन भूमिका खेल्नु पनि हो । सँगसँगै प्रवासमा आफ्नो परिश्रम बेच्ने कामदार, बिभिन्न समस्या भएका विद्यार्थी, नेपालीहरुको विषयलाई पनि एनआरएनएमार्फत सम्बन्धित देश र निकायसँग पहल गर्न मेरो अभियान रहने छ' उनले भने । प्रवासमा नेपाली पहिचानलाई जीवन्त राख्दै मातृभमिको उत्थानका लागि समाहित हुने प्रतिवद्धता जनाएका खड्काले एनआरएनएनसीसी युएसएका सम्पूर्ण मतदाताहरूले मतदान गरी विजय गराइदिने विश्वास व्यक्त गरेका छन् ।

images
प्रकाशित मिति :बैशाख १७, २०७६ मंगलवार - ०६:१४:०० बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend