Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

छन्त्यालको बोर्ड अफ डाइरेक्टर पद्को उम्मेद्वारीले मेरिल्याण्डमा खुशी

छन्त्यालको बोर्ड अफ डाइरेक्टर पद्को उम्मेद्वारीले मेरिल्याण्डमा खुशी

सतीश चापागाईं

२२, बैशाख २०७६
images
सुरेश कोइराला बाल्टिमोर/ ‘सेवा नै धर्म हो’ भन्ने मनोभावका साथ सेवामा समर्पित अम्मर बहादुर छन्त्यालले एनआरएनए एनसीसीको बोर्ड अफ डाइरेक्टरमा उम्मेदवारी दिनु भएको छ । बाल्यकालदेखिनै समाज सेवामा निरन्तर लाग्नुभएका  छन्त्यालको उम्मेदवारीले बहुसंख्यक नेपाली रहेको मेरिल्याण्डमा मात्र नभइ सम्पूर्ण अमेरिकामा खुशी छाएको छ । म्याग्दीको विकट गाउँ धौलागिरी गाउँपालिका जन्मनु भएका छन्त्याल विगत २४ वर्षदेखि मेरिल्याण्ड राज्यको बाल्टिमोरमा बस्दै आउनु भएको छ । यहाँको नेपाली समाजले उहाँलाई अभिभावको रुपमा स्थापित गरेको छ । बाल्टिमोरमा भएका संघ संस्थादेखि व्यक्ति विशेषलाई समेत (अप्ठ्यारो परेका तथा नवआगन्तुक नेपालीलाई) उहाँले साथ र सहयोग दिँदै आउनु भएको छ । बाल्टिमोर पुग्ने नेपालीको लागि आवासदेखि रोजगारी मिलाइदिनेसम्मको काम उहाँले गर्दै आउनु भएको छ । प्रखर र स्पष्ट वक्ताको रुपमा परिचित उहाँ म्याग्दी समाजको निवर्तमान अध्यक्ष हुनुहुन्छ । प्रजातान्त्रिक आन्दोलमा सक्रिय तथा सामाजवादी चिन्तन भएका उहाँको भावी योजना प्रवासी नेपालीलाई एकीकृत गर्दै कला, धर्म र संस्कृति जगेर्नाका माध्यमबाट नेपालको पर्यटकीय क्षेत्रमा टेवा पुर्याउनु रहेको छ । ‘हामी सबैसँगै काम गरौ’ भन्ने अठोट बोकेर अघि बढ्नु भएको छन्त्यालको उम्मेद्वारीले मेरिल्याण्डबासीलाई अत्यन्त हर्षित बनाएकोे छ । पारदर्शीता, समभागिता र विश्वासनीय क्षमता भएका छन्त्यालसँग ‘हामी जहाँ गए पनि जहाँ भए पनि आम नेपाली’ भन्ने जीवन्त अभियान छ । अनन्तकाल होइन, देशको लागि विदेशको पौरख ! हामी नेपाली भएकोमा गरौं गौरव मान्न उहाँले सबैलाई आव्हान गर्नुभएको छ । गाउँले जीवनको अनेकौ आरोह र अवरोहसँग लड्दै जुध्दै, आजभन्दा साढे दुई दशकअघि अमेरिकाको यात्रा तय गर्नु भएको छन्त्यालले अमेरिकी नेपाली समाजमा परिचित हुन पाएकोमा जीवनकै महत्वपूर्ण उपलब्धी ठान्नु भएको छ । ‘उहाँहरूको सहयोग र सद्भावले मलाई तपाईहरूसँग मिलेर रमाउन प्रेरणा मिलेको छ,’ उहाँले भन्नु भयो ‘शुभेच्छुक र अग्रजहरूको सल्लाह र सुझावलाई शिरोधर गर्दै सामाज सेवामा निरन्तर लागि रह्न्छु ।’ एनआरएनए अमेरिकाबासी नेपालीहरूको व्यवसायिक तथा सामाजिक प्रतिनिधि मुलक साझा संस्था हो । यस संस्थामा रहेर सेवा गर्ने मौका मिले म आफूलाई भाग्यमानी ठान्नेछु,’ उहाँले भन्नु भयो ।

images
प्रकाशित मिति :बैशाख २२, २०७६ आइतवार - १७:३४:३० बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend