एनआरएनए अमेरिकाको आसन्न निर्वाचनमा अध्यक्ष पदमा उमेद्वारी दिएका सुर्य लम्सालको चुनावी अन्तरक्रिया कार्यक्रम मेरिल्याण्डमा यही मे १२ तारिखका दिन हुने भएको छ । लम्साल समुहबाट बोर्ड अफ डाइरेक्टर पदका उमेद्वार समेत रहेका अनिलराज पाण्डेयले यो जानकारी दिएका हुन् ।
कार्यक्रमको स्थान र सबै प्रबन्ध मिलाईसकेको आयोजकले जानकारी दिएका छन् । कार्यक्रमा झन्डै तिन सय मेरिल्याण्डबासीको उपस्थिति हुने अनुमान गरिएको छ । कार्यक्रमलाई भब्य बनाउन मेरिल्याण्डमा सुर्य लम्साल जिताऔं अभियानका सदस्यहरु खटिईसकेको सोहि अभियानका अर्का सदस्य सुजन खनालले नेप्लिज डायस्पोरालाई जानकारी दिए ।
कार्यक्रममा महासचिव पदका उमेद्वार अन्जन कुमार चौलागाईं लगायतका उमेद्वारहरुको सहभागिता रहने बुझिएको छ । अहिलेसम्मका सबै चुनावी कार्यक्रमहरुमा उत्साह मिलेको र मेरिल्यान्डको कार्यक्रमबाट थप बढी हौसला मिल्नेमा आफुहरु आशाबादी रहेको भन्दै अनिल पाण्डेयले भने मेरिल्याण्ड र त्यो क्षेत्र सबै नेपालीलाई सहभागिताको लागि अनुरोध पनि गरेका छन् ।
अध्यक्षका प्रत्यासीहरु संजय थापा र सुनिल साहले मेरिल्याण्डमा चुनावी कार्यक्रम सम्पन्न गरिसकेका छन् । लम्साल टिमका अनुसार यो नै अन्तिम सार्बजनिक कार्यक्रम हो ।
कार्यक्रम हुने मिति, स्थान र समय यस्तो छ :
मिति: May 12, 2019 SUNDAY
समय: 6:00 PM TO 11:30 PM
स्थान: PORTSIDE NORTH RESTAURANTS AND PARTY PLACE
11131 PULASKI HIGHWAY WHITE MARSH 21162