Logo

सोमवार, मंसिर १ गते २०८३   |   2026 November 16

images

images

मनाेज रेग्मी एनआरएनए मेरिल्याण्डमा सचिव उम्मेदवार (अपिल सहित)

मनाेज रेग्मी एनआरएनए मेरिल्याण्डमा सचिव उम्मेदवार (अपिल सहित)

सतीश चापागाईं

३०, बैशाख २०७६
images
  एनआरएनए अमेरिकाको मेरिल्याण्ड च्याप्टरको सचिव पदमा युवा मनोज रेग्मीको उमेद्वारी चर्चाको बिषय बनेको छ । एनअारएनए मेरिल्याण्ड च्याप्टरकाे सचिव पदमा उम्मेदवारी दिएका मनाेज समाजसेवि भावना र विचारले अाेतप्राेत छन् । आफू महेन्द्र देसारकाे नेतृत्वको प्यानलमा सचिवकाे उम्मेद्वार बनेका हुन्। लमजुङको दाेर्दी गा पा २ मा रहेकाे लक्ष्मी नारायण माविकाे उत्कृष्ट शिक्षकका रुपमा लामाे समयको शिक्षण अनुभव संगालेका रेग्मीले नेपालमा रहदाको १३ बर्ष भन्दा बढीको अध्यापन र त्यससग समन्धित समुदायसगको अन्तरक्रियात्मक समन्धको अनुभव र बिगत ४ बर्ष देखि बाल्टिमोरमा रही नेपाली समाज र तेस सग समन्धित विभिन्न गतिबिधिमा (लम्जुङ्ग अमेरिका सेवा समाज) सग सक्रियता र महत्त्वपूर्ण भुमिका निर्वाह गरिसकेका छन् । लमजुङको सुन्दरबजार घर भएका रेग्मीले अाफू मेरिल्याण्ड र सम्पूर्ण अमेरिकामा रहेका नेपालीकाे हक हित र अधिकार एवम् नेपालकाे विकासमा काम गर्ने प्रतिवद्वता जनाएका छन् ।   रेग्मीको अपिल जस्ताको तस्तै नमस्कार म मनोज रेग्मी , NRNA Maryland chapter (2019 -21) सचिवको उमेदवार, नेपालमा रहदाको १३ बर्ष भन्दा बढीको अध्यापन र त्यस सग समन्धित समुदायसगको अन्तरक्रियात्मक समन्धको अनुभव र बिगत ४ बर्ष देखि बाल्टिमोरमा रही नेपाली समाज र तेस सग समन्धित विभिन्न गतिबिधिमा (लम्जुङ्ग अमेरिका सेवा समाज सगको सक्रियता , BANA ले सुरु गर्न लागेको नेपाली भाषा कक्षाको शिक्षक ) सक्रिय रुपमा सहभागी हुँदै अहिले NRNA maryland chapter (2019 – 21) को लागि हाम्रो तर्फ़बाट अध्यक्षका उमेदवार महेन्द्र देशारको नेतृत्वमा म मनोज रेग्मी सचिबमा यहाँहरुकै सल्लाह र सुझाब अनुसार “मेरिल्याण्ड निबासी सम्पूर्ण नेपालीहरुको चाहना सबल र सक्षम नेतृत्वको कामना” भन्ने मूल नाराको साथ तपाईहरु सामु उपस्थित भएका छौ | आशा छ हाम्रो युवाहरुको यो सशक्त समुहलाई हजुरहरु को साथ अवस्य मिल्नेछ | यहाँहरुको साथ हौसला अनि रचनात्मक सल्लाह सुझावले नै म र मेरो टिमलाई अगाडी बढ्न सघाउ पुग्नेछ |

images
प्रकाशित मिति :बैशाख ३०, २०७६ सोमवार - १२:२१:०२ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend