३०, बैशाख २०७६
न्यूयोर्क मे १२
एनआरएन अमेरिकाको निर्वाचनको प्रसार प्रसार को क्रममा आफ्नो होम टाउनमा संजय थापा जिताउं अभियान न्यूयोर्कले एक भव्य चुनावि कार्यक्रम सम्पन्न गर्यो । टेक गुरुङको सभापतित्व र कृष्ण लामिछानेको सन्चालमा भएको कार्यक्रममा राधाकृष्ण देउजा स्वागत मन्त्यब्य ब्यक्त गर्नु भएको थियो।
कार्यक्रममा समाजसेवीहरु विकास पाण्डे, मंगलदास श्रेष्ठ, लाक्यन लामा, संगिनी राना मगर, उपेन भट्ट, नर्वदा क्षेत्री र सन्चारकर्मी शैलेश श्रेष्ठ लगायत समाजका विभिन्न व्यतित्वहरू हुनुहुन्थ्यो ।
कार्यक्रममा अध्यक्षका उम्मेदवार सन्जय थापाले आफ्ना भनाईहरू राख्दै प्रस्न गरे आज लोकतन्त्रवादी भन्नेहरुले आफ्नो उम्मेदवार भनेर भोट मागि रहदा हिजो नेपालको संविधान निर्माण भएको खुसियालीमा यही सत्यनारायण मन्दिरमा सन्जय थापा र आनन्द विष्टहरु दिपावली गरिरहदा तपाईको उम्मेदवार काहॉ थिए ? हिजो नाकावन्दीको विरुद्ध हामी डि सि माँ नाकाबन्दीको विरूद्ध प्रदर्शन गरिरहदा अर्को तर्फ वसेर हामीलाई गिज्याई रहनेहरु नै होईनन तपाईहरुको उम्मेदवार ? अनि अहिले कालो कोठामा वसेर आफ्नो व्यवसायीको पार्टनरको श्रीमतीको नामको कम्पनिवाट website निर्माण गरी सवै सिस्टम आफ्नो हातमा कव्जामा लिन सडयन्त्र गर्नेहरुलाई समर्थन गर्रेर लालमोहोर लगाउने काम नगर्न उनका पछी लागेका उम्मेदवारहरु अनुरोध गर्नु भयो ।
साथै न्युयोर्कवाट उम्मेदवार भइ रहेको अर्को उम्मेदवारलाई समर्थन गर्नेहरुलाई मेरो प्रस्न हामी न्युयोर्कको हरेक सामाजिक गतिविधी सगंलग्न भइ रहदा तपाईहरुले समर्थन गरेका उम्मेदवारहरु कुन कुन अभियानमा काहा काहॉ हामी संग थियौ ? कमसेकम निर्वाचन अगाडि आ आफ्ना उम्मेदवारहरु संग यि प्रस्नहरु गर्नुस भन्दै एनआरएन अमेरिका भित्र रहेका विक्रिति र विसंगतिलाई जरै देखि उखल्दै चारलाख नेपालि अमेरिकनहरूले हाम्रो एनआरएन हो भन्ने वनाउन र हरेक निर्वाचन पछि मतदानमा धॉदली भयो भन्दै अदालत जानुपर्ने वाध्यताको अन्तगर्दै अमेरिकावासि सबै नेपालीको जिवनस्तर उच्चा वनाउने वा सफल प्रवासी वनाउदै नेपालसंगको सम्वन्धलाई कसिलो बनाउने कुरा वताउनुभयो ।
कार्यक्रममाअध्ययक्षका उम्मेदवार संजय थापा वरिष्ठ उपाध्यक्षका उम्मेदवार नारायण कंडेल, उपाध्यक्षका उम्मेदवार रामवावु पाण्डेय, महीला संयोजक सुनिता खत्री, युवा संयोजक प्रितम कुशेयत ,बोर्ड सदस्यहरू जीवन जोशी , टेकराज पौड्यल, टंक रेग्मि, छत्र गुरुङ, देवराज न्यौपाने, खिम भट्टराई लगायत हुनुहुन्थ्यो । याम लामाले सबैलाई धन्यवाद ब्यक्त गर्नु भएको थियो ।
प्रकाशित मिति :बैशाख ३०, २०७६ सोमवार -
१५:५२:०१ बजे