Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

धाँधली हुदैन भन्ने कुरामा ढुक्क बनाउन लम्सालको आग्रह

धाँधली हुदैन भन्ने कुरामा ढुक्क बनाउन लम्सालको आग्रह

सतीश चापागाईं

३१, बैशाख २०७६
images
एनआरएनए अमेरिकाको आसन्न निर्वाचनमा अध्यक्ष पदका उमेद्वार सुर्य लम्सालले निर्वाचनपछि मुद्धा मामिला नहोस भन्ने हो भने पहिल्यै तिन उमेद्वारलाई ढुक्क बनाउन निर्वाचन आयोगलाई आग्रह गरेका छन् । आईतबार मेरिल्याण्डको बाल्टिमोरमा रहेका आफ्ना समर्थक, सहयोगी र शुभचिन्तकहरुका बीचमा लम्सालले उक्त आग्रह गरेका हुन् । "अबिश्वास हुँदाहुदै पनि अगाडी बढियो भने पछि बोल्ने ठाउँ रहन्छ, त्यसैले टेबलमा तिनजना उमेद्वारलाई राखेर निर्वाचन प्रक्रियालाई पारदर्शी बनाउने साझा मार्गचित्र बनाउन मेरो अनुरोध छ ।" लम्सालले भने । "एनआरएनएलाई सबल र सक्षम बनाउने हामी तिनै जना उमेद्वारको उद्देश्य हो । मैले आफ्ना योजनाको स्पष्ट खाका लिएर मतदाता समक्ष पुगेको छु । यही योजनाप्रति सबै मतदाता आकर्षित हुनुभएको छ । जसलाई मैले जितको पहिलो खुड्किलोको रुपमा बिझेको छु ।" यसो भनिरहँदा लम्सालमा एउटा आत्मविश्वास देखिन्थ्यो । मेरिल्याण्डको कार्यक्रममा अधिकांश लम्साल समूहका उमेद्वारहरुको बाहुल्यता थियो । उमेद्वारहरु उपाध्यक्ष(नर्थ ईष्ट) महेश मल्ल, महासचिव अन्जन कुमार चौलागाईं, सचिव भानु खरेल, कोषाध्यक्ष रबिन बज्राचार्यले आफ्ना विचार ब्यक्त गरेका थिए । आईसीसी सदस्य उमेद्वार शिवराज पौडेल, बोर्ड अफ डाइरेक्टर पदका उमेद्वारहरु, अमर छन्त्याल, अनुप खनाल, धरम बिश्वकर्मा लगायतका बक्ताले बोलेका थिए । कार्यक्रममा स्थानीय उमेद्वारहरु र संघसंस्थाका प्रतिनिधिहरुले बोलेका थिए । एनआरएनएका संस्थापक उपाध्यक्ष डाक्टर श्याम कार्कीको सभापतित्वमा भएको कार्यक्रममा एनआरएनए अमेरिकाकी पुर्व उपाध्यक्ष रविना थापा, प्रवासी नेपाली मंच अमेरिकाका अध्यक्ष प्रभु थापा, राप्रपा नेपालका सहमहामन्त्री प्रेम कुमार श्रेष्ठ लगायतले शुभकामना ब्यक्त गरेका थिए । कार्यक्रममको संचालन संचारकर्मी सतिश चापागाईले गर्नु भएको थियो ।    

images
प्रकाशित मिति :बैशाख ३१, २०७६ मंगलवार - १३:४४:५८ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend