Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

एनआरएनए अमेरिका बिरुद्ध अर्को मुद्धाको तयारी

एनआरएनए अमेरिका बिरुद्ध अर्को मुद्धाको तयारी

सतीश चापागाईं

३१, बैशाख २०७६
images
  मुद्धा मुद्धाको जन्जालमा फसेको एनआरएनए अमेरिका बिरुद्ध फेरी अर्को मुद्धाको तयारी भईरहेको गोप्य सूचना नेप्लिज डायस्पोरालाई प्राप्त भएको छ । निर्वाचनको मिति अति नजिकिदै गर्दा यस्तो तयारी भईरहेको हो । यो पटकको मुद्धा कुनै नेताले होइन सर्बसाधारणले हाल्ने तयारी गरेका हुन् । मंगलबार बिहानैदेखि अमेरिकाका मिडिया र सामाजिक संस्थाहरुमा एनआरएनए अमेरिकाका सदस्यहरुको अति गोप्य र संबेदनशील विवरण केहि उमेद्वारहरुले अनधिकृत रुपमा प्रयोज गरेको चर्चा चलेको थियो । मिडियामा आफ्ना विवरण देखेपछि सर्बसाधारण क्रुद्ध बनेका हुन् । उनीहरुले आफ्नो गोप्य विवरण एनआरएनए अमेरिकाले बाहिर ल्याएको भन्दै मिडियाहरुमा खुलेर बोलिसकेका छन् । "यो एक सिरियस इश्यु हो । पुलिस केस र अदालत जान अबेर गर्न हुन् ।" एक व्यक्तिले भने, "अत्यन्त गोप्य राख्ने प्रतिबद्दता सहित संस्थाले मागेको विवरण हाई सेन्सेटिभ डेटा अन्तर्गत पर्दछ । यसलाई अचानक सार्बजनिक गर्नु एउटा अपराधिक क्रियाकलाप हो ।" चिन्दै नचिनेका व्यक्तिले आफ्ना इमेल र फोनमा निर्वाचन सम्बन्धि म्यासेज पठाउन थालेपछि सर्बसाधारणहरु ससंकित बनेका हुन् । चुनावी दौडाहाका क्रममा मेम्बर डेटाको चर्को चिन्ता ब्यक्त गर्ने अध्यक्ष पदका उमेद्वार संजय थापाको ईमेल र फोनबाट यस्ता प्रचार सामग्री आएको उनलाई नचिन्ने मतदाताले रेडियो कार्यक्रममा खुलेरै बोलेका छन् । शंका गर्नेहरुले जिम्मेवार निकायले पैसा लिएर उक्त डेटा बेचेको पनि बताउने गरेका छन् । निर्वाचन प्रक्रिया र मतदाताको गोपनियताको सम्बेदनशिलतामा शंका गर्दै आजै एनआरएनए अमेरिका हेर्ने अमेरिकाज संयोजक गौरी जोशीले निर्वाचन रोक्न अध्यक्ष केशब पौडेललाई निर्देशन दिईसकेका छन् । यता, एनआरएनए अमेरिकाको आसन्न निर्वाचन निर्धारित तालिका अनुसार नै हुने निर्वाचन समितिका संयोजक बिश्व बरालले जनाएका छन् । "हामी आफ्नो तालिका अनुसार काम गर्छौं । एनआरएनएको अमेरिकाज क्षेत्र हेर्ने रिजनल कोअर्डीनेटर गौरी जोशीले निर्वाचन रोक्न अध्यक्ष केशब पौडेललाई निर्देशन दिएको केहि बेरमा नेप्लिज डायस्पोराले सम्पर्क गर्दा बरालले उक्त जानकारी दिएका हुन् । व्यक्तिको गोप्य विवरण कुनै हालतमा सार्बजनिक नहुने भनेर सदस्यता वितरणका बेला गरिएका सबै प्रतिबद्दताहरुले हावा खाएको र यसको अन्तिम उपचार कानुनी लडाईं नै भएको विचार सर्बसाधारणहरुले ब्यक्त गरिरहेका छन् । एनआरएनए अमेरिकाले यी विवरण सार्बजनिक भएको बारेमा एउटा रेडियो कार्यक्रममा बोल्दै अध्यक्ष केशब पौडेलले "प्रमाण ल्याउनुस कारबाही गर्छु भनेका छन् ।" त्यस बाहेक कुनै संस्थाको आधिकारिक धारणा बाहिर आएको छैन । अब के हुन्छ, त्यो भने हेर्न बाँकी नै छ । रेडियो कार्यक्रम यहाँ सुन्नुहोस https://www.youtube.com/watch?v=Y0vqWvfGNzo

images
प्रकाशित मिति :बैशाख ३१, २०७६ मंगलवार - १८:३९:१३ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend