Logo

शनिवार, कार्तिक २९ गते २०८३   |   2026 November 14

images

images

सगरमाथामा कम्पन !

सगरमाथामा कम्पन !

सतीश चापागाईं

११, जेठ २०७६
images
  सगरमाथाबाट कम्पनको लोकार्पण गर्दै किर्तिमानी आरोही कामीरिता शेर्पा । पत्रकार किशोर पन्थीको पुस्तक कम्पनको दोश्रो संस्करण सगरमाथाबाट लोकार्पण गरिएको छ । सगरमाथा आरोही कामीरिता शेर्पाले २४ औं पटक सगरमाथा आरोहणका क्रममा कम्पनको लोकार्पण गरेका हुन् । शेर्पाले २३ औं पटक सगरमाथा आरोहणको आफ्नो पुरानो रेकर्ड तोडेर २४ औं पटक सगरमाथाको शिखर चुम्न सफल भएका थिए । सन् २०१५ को महाभूकम्पमा सगरमाथामा हिमपहिरोका कारण झण्डै २ दर्जनको ज्यान गएको थियो, जसमा गुगलका कार्यकारी अधिकारी डानियल पल समेत रहेका थिए । सगरमाथा बेस क्याम्पमा गएको हिमपहिरोमा पुरिएर उनीहरुको ज्यान गएको थियो । हिमपहिरोका कारण ६० जनाभन्दा बढी घाइते भएका थिए भने डेढसयबढीको उद्दार गरिएको थियो । सगरमाथा वेसक्याम्पमा कम्पन पढ्दै फोटोपत्रकार विनोद अधिकारी । पुस्तकमा हिमपहिरो छल्दै नाम्चेसम्म आएका एकजना विदेशी र हिमपहिरोमा गाउँ नै पुरिंदा बाँच्न सफल नेपालीको अनुभव समेत समेटिएको छ । महाभूकम्पपछिको आर्तनाद र आशामा आधारित पुस्तक कम्पनमा महाभूकम्पमा आफन्त गुमाउनेहरु, मुस्किलले बाँचेकाहरु, राहत र उद्दारमा खटिनेहरु, उपचारमा खटिनेहरु र समाचार संकलनमा खटिनेहरुको जीवन्त बयान समेटिएको छ । कामीरिता शेर्पाले यसपटक एउटै सिजनमा दुईपटक सगरमाथा आरोहण गरेर नयाँ रेकर्ड समेत कायम गरेका हुन् । सोमबार विहान ६ बजेर ३८ मिनेट जाँदा सगरमाथाको शिखर चुम्न सफल कामीरिता शेर्पाले त्यहाँबाट पुस्तक कम्पनको लोकार्पण गरेको फिल्ममेकर तथा फोटोपत्रकार विनोद अधिकारीले जानकारी दिए । अधिकारीले विश्वको सबैभन्दा अग्लो स्थानमा टेलिभिजन विज्ञापन निर्माण गरेर रेकर्ड कायम गरेका थिए । उनले सन् २०११ मा सगरमाथामा दुईमहिना लगाएर निर्माण गरेको टेलिभिजन विज्ञापन सार्वजनिक गरेका थिए । एबीसीनेपालटिभीडटकम

images
प्रकाशित मिति :जेठ ११, २०७६ शनिवार - १८:१४:२७ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend