Logo

सोमवार, मंसिर १ गते २०८३   |   2026 November 16

images

images

टेक्ससमा जुन २ देखी श्रीमद्भागवत सप्ताह महापुराण

टेक्ससमा जुन २ देखी श्रीमद्भागवत सप्ताह महापुराण

सतीश चापागाईं

११, जेठ २०७६
images
  किशन रेग्मी / टेक्सस अमेरिकाको टेक्ससमा यहि जुन २ तारिखदेखी सुरु हुने श्रीमद्भागवत सप्ताह महापुराणको तयारी अन्तिम चरणमा पुगेको छ । टेक्सस स्थित श्री पशुपति तथा बुद्ध मन्दिरमा ३ देखी ९ तारिख सम्म चल्ने यस सप्ताह महापुराणको तयारी अन्तिम चरणमा पुगेको जानकारी आयोजक संस्था पृथ्वी नारायण शाह स्मृति तथा साँस्कृतिक प्रतिष्ठानले जानकारी दिएको हो । धार्मीक सहिष्णुताको प्रतिकमा रुपमा स्थापित भएको श्री पशुपति तथा बुद्ध मन्दिरमा हुने यस महापुराणको पहिलो दिन अर्थात जुन २ का दिन कलशयात्रा गरि औपचारिक उद्घाटन गरिने छ भने ३ तारिकबाट बिधिवत रुपमा श्रीमद्भागवत सप्ताह महापुराण सुरु हुने छ । यस महापुराणमा ना: बडागूरूज्यू डा: माधब भट्टराई (मुलगूरू) मूख्य बाचक र डा: सेखर पण्डीत धीमीरे ऊपबाचकका रुपमा रहनुहुनेछ सप्ताह महापुराण पाचौंदिन अर्थात जुन ७ तारिखका दिन सामुहिक व्रतबन्धको पनि आयोजना गरिने भएकाले नेपाली समुदायका प्रतबन्ध गर्न बाँकीहरुलाई पनि सो दिनको सामुहिक ब्रतवन्धमा सहभागी हुन साथै ७ दिन सम्म चल्ने यस महापुराण श्रवणका लागि परिवार सहित उपस्थित हुन आयोजक टिमले सबैलाई अनुरोध गरेको छ । महापुराणबारे थप जानकारीका लागि आयोजक संस्था पृथ्वी नारायण शाह स्मृति तथा साँस्कृतिक प्रतिष्ठानका अध्यक्ष देवि प्रसाद पाण्डे (दिपक)लाई फोन नं. ५५९-३०८-४११० मा सम्पर्क गर्न सकिने छ ।

images
प्रकाशित मिति :जेठ ११, २०७६ शनिवार - १८:२०:०० बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend